आधाआकाशमा अन्जली दिदी
आधाआकाशमा अन्जली दिदी
Added: 2011 October 27

सबैकी दिदी अर्थात् अन्जली देवी मास्के । उनको उमेरले छ दशक बढी काटिसकेको भएपनि जतिसक्दो बढी भाइको दिदी बन्ने मोह भने चुलिदै छ । मध्य काठमाडौंको व्यस्त बजार बागेंमुढामा जन्मिएकी उनी बुवा कृष्णराज मास्के र आमा मोहनदेवी मास्केको ३ सन्तान मध्ये माइली हुन् ।
केटाकेटी बेलादेखि नै मानवसेवा र धर्मकर्ममा औधी ध्यान जानर्ेर् गथ्यो अन्जली दिदीको । मानवसेवा नै सबैभन्दा मान्ने अन्जली दिदी मानवताको नाता र भगवान्को सेवामा नै र्समर्पित छिन् । कोही असहाय वा सहाराविहीन अवस्थामा देख्यो कि उनको मन त्यो मानिसलाई सघाउन उत्सुक सानैदेखि हुने गर्दथियो ।



परमात्मा प्रतिको विश्वास र भगवान् प्रतिको आस्था राख्ने अन्जली दिदी गोरखनाथ बाबाका बारेमा विश्वास गजबकै छ । गोरखनाथ बाबाको साक्षात् दर्शन पाएको बताउने उनी मानवसेवा बाहेक अरु काममा ध्यानै नजाने बताउछिन् । साक्षात् दर्शन बाबाको पाए लगत्तै उनी आफनो घरपरिवार र श्रीमानसगं टाढा रही आफनो एक छोराको साथमा जीवन व्यतित गरेकी छिन् । हाल बेलायतमा कार्यरत पेश्ााले चिकित्सक छोराले पनि उनको मानवसेवामा साथ र हौसला दिइरहेका छन् ।

समाजसेवामा निरन्तर सक्रिय भएपनि अन्जली दिदीको नाम भाइटिकामा र्सार्वजनिक टिका लगाइदिने दिदीको रुपमा चर्चित छ । २०५५ सालमा एउटा तुल राखेर र्सार्वजनिक स्थानमा बसी दिदी बहिनीसम्म पुग्न नसकेकालाई भाइटिका लगाइदिने अभियान नै उनले थालेकी हुन् । नेपालका पचहत्तरै जिल्लाका भाईलाई टिका लगाइदिने अन्जली दिदीले नेपाली मात्र नभई विदेशी, हरेक उमेर वर्ग, सम्प्रदायका, जातका सबैलाई समान रुपमा हेरेकी छिन् । रगतको नातामा मात्र सिमीत नरही उनले सबैलाई दाजुभाईको नातामा समेटेर अगाडी बढेकी छिन् ।



काष्ठमण्डपमा बसेर टिका लगाउन थालेको १४ बर्षभइसक्दा उनलाई सधै एउटै कुराले सताइरहेको छ । एउटा बर्षो भाइटिका सकिएपछि कहिले अर्काे सालको टिकाको अवसर आउला भनेर । टिकासाम्रगी तयार हुन्छिन् लगाइ दिन्छिन् खुशीसाथ । टीका लगाउनेबाट भने अन्जली दिदीलेकेही पनि लिन्नन् ।

त्यसो त भाइटिका मात्र होइन दशैको टिका लगाइदिने लगायत सयौको व्रतबन्ध र बेलविवाह पनि गरिदिइसकेकी छिन् उनले । एक दर्ुइ पटक त जेलका कैदी र अनाथ आश्रमका बालकहरुलाई पनि टिका लगाई दिई सकेकी छिने उनले । हजारौको दिदी बनेकी अन्जली दिदी आफूले भाईटिका लगाएका भाइहरु सबैलाई नचिने पनि बाटोमा हिड्दा अन्जली दिदी भनेर बोलाउदा गर्व महसुस गर्छिन् । लिने र दिने भन्दा पनि सबैले आफनो र्सार्मर्थ्थ अनुरुप माया रममताको भावले यो पर्व मनाउनर्ुपर्ने उनको धारणा छ ।

जसले जसरी तिहार मनाए पनि अन्जली दिदीले टिका लगाईदिन थालेपछि आफना दिदीबहिनीबाट टिका लगाईदिएपछि पनि अन्जली दिदीको हातबाट टिका लगाउनका लागि दिदीले बनाएको स्थलमा भाईहरु आईपग्ने गर्दछन् । दिदी बहिनीले निधारमा सप्तरगीं टिका लगाईदिएर घाटीमा सयपत्री फूलको माला लगाइदिने सपना धेरैको लागि अन्जली दिदीले पूरा गरिदिएकी छिन् । प्राय तिहारमा दिदी बहिनीको महत्व बढी हुने भएकोले तिहारको समयमा अन्जली दिदीले दाजुभाईलाई दिदीबहिनीको कमी बिर्सर्ााे प्रयास गरेकी छिन् ।




 

सम्बन्धित समाचारहरु