आधाआकाशमा सभासद यसोदा सुवेदी
आधाआकाशमा सभासद यसोदा सुवेदी
Added: 2011 September 11

आधाआकाशमा सभासद यसोदा सुवेदी

शुष्मा श्रेष्ठ


गर्भ मै रहदै आफूमा राजनैतिक प्रक्रिया सुरु भउको मान्ने सभासद यसोदा सुवेदी वुवा रोम हर्षसुवेदी र आमा मेनुका सुवेदीको दाङको वनकट्टी भन्ने ठोमा जन्मिएकी हुन । सामान्य परिवारमा जन्मिएको भएपनि वुवाले दोश्रो विवाह गरे पस्चात उनलाई आमाले नै हर्ुकाएकी थिईन । जसले गर्दा आर्थिक अभावमा नै उनको आफ्नो वाल्यकाल विताएकी छिन । उनका लागि शैक्षिक गुरु राजनैतिक गुरु भनेकै आफ्नै आमा हुन । पर्ढाई लेखाईमा कठिनाई आयपछि  अन्याय र अत्याचार विरुद्घ लडन सधै प्ररित गर्ने र राजनितिमा आमाको राम्रै दख्खल भएका कारण पनि उनको जीवनसंग राजनिति टाढा रहेन ।
एक त महिलाहरु माथि सधै समाजले राख्ने गिद्धे दृष्टि त्यसमाथि पुरुषको संरक्षकत्व नभएको परिवार त्यसले पनि सुवेदी सधैव सचेत रहदै आएकी हुन् । आमाले नै सानैदेखि राजनितीक चेतना वृद्धि गराउन लागिपरेकै कारण औपचारिक रुपमा चार कक्षामा पढ्दा देखिनै उनी राजनितीमा आवद्ध भएकी हुन् । ती समयमा कम्न्यूष्ट पाटीैैमा लाग्नु प्रतिबन्धित थियो ।
एस.एल.सी दिदा सम्म त उनीलाइृ पुरै राजनितिको रंगले छोईसकेको थियो । राजनितिमा लाग्नु भन्दा पनि त्यस पस्चात सिंगो समाज रुपान्तरण गर्न सक्नुलाइृ ठुलो मान्छिन उनी । यस संगै विधार्थी संगठन र महिला संगठनहरुमा आवद्घ रहदै उनी अखिल नेपाल महिला क्रान्तिकारीमा रहेर आफ्नो भूमिका निभाउदै अगाडी वढि नै रहिन ।
विवाह गर्ने मानसिकता नभए पनि पार्टर्ीीे ािर्ण्र्ााअनुरुप नै उनले २०४४ सालमा पार्टर्ीीार्यकर्ता देव गुरुङ्गसंग विवाह गरेकी हुन । अर्न्तजातिय विवाह गर्न त्यस समयमा फलामको चिउरा  चपाउनु सरह थियो । त्यसैले विभिन्न पारिवारीक र सामाजिक दवावहरु आएका थिए । आफू राजनितिमा संलग्न भएकाले पार्टर्ीी सक्रिय कार्यकर्तासंग विवाह गर्दा नै राम्रो हुने निर्ण्र्ााा उनी पुगेकी हुन ।
विवाहपश्चात् नै उनले कमन्यूष्ट पार्टर्ीीे सदस्यता लिएकी थिइन् । आफनो उद्धेश्य कसैको बुहारी र श्रीमतीको भूमीका भन्दा ठूलो भनेको महिलाको लागि आमाको भूमिका हुने गर्छ । उनी पनि यसबाट पर रहन सकिनन् । सन्तान प्रतिको जिम्मेवारी पूरा गर्नको लागि उनले केही समय राजनितीबाट टाढा रहि पाचँ बर्षम्म मनागंमा रही शिक्षकको रुपमा पनि कार्यरत भईन् ।

२०५२ सालमा जनयुद्धको तयारी भए पश्चात् पुन सुवेदी राजनितीमा सक्रिय रुपमा लागेकी हुन् ।  थुप्रै पटक द्घन्द र भिडन्तको समयमा लडनुको साथै जेल आउने र जाने क्रम पनि रहि रहयो । तरपनि उनी यी अवस्थावाट कतिपनि पछि हटिनन । परिवारको सर्म्पर्कवाट टाढा राखेर केही समय आफुलाई वेपता पारिएको समयको स्मरण पनि ताजै छ उनीलाई ।
राजनितिमा लाग्दा नै थुप्रै उतार चढाव जीवनमा आएपनि अहिले उनी नेकपा माओवादीको केन्द्रीय सदस्य तथा विधान समितिको सभासद भई आफ्ना कार्यहरु अगाडी वर्ढाई रहेकी छिन । अवका दिनमा पनि मुख्य उदेश्य नै शान्तिपर्ूण्ा ढंगले सदैव क्रान्तिलाई अगाडी वर्ढाईरहने उनको धारण छ ।
 महिलाहरुको काथमा प्रकृतिले दोहोरो जिम्मेवारी सुम्पेको छ । एउटा मानव समाजलाई निरन्तरता दिनु र अर्को राज्य प्रति उतरदायी रहनु । राजनैतिक क्षेत्रमा आवद्घ महिलाहरुले राज्यले  दिएको अधिकार र जनताले दिएको विश्वासको मत कायम गर्नु उनीहरुको दायित्व भएको छ । त्यसैले आफूलाई प्राप्त विश्वासको माला जोगाउदै आम जनतालाई महिलाहरुले नयापनको अनुभुति गराउन सक्नु पर्छ
 

 

सम्बन्धित समाचारहरु