आधाआकाशमा हिरण्यकुमारी पाठक
आधाआकाशमा हिरण्यकुमारी पाठक
Added: 2012 March 15

हिरण्यकुमारी पाठक

हिरण्यकुमारी पाठकको जन्म २००२ सालमा बुवा प्रो.तोत्रराज पाण्डे तथा आमा प्रेमकुमारी पाण्डेको ४ सन्तानमध्ये कान्छी हुन् । तीन दाजुकी
बहिनी हिरण्यकुमारी नेपालमै जन्मिए पनि आफनो बुवाको कामको सिलसिलामा ३ बर्षै उमेरमा बनारसमा पुगेकी थिइन् । बाल्यकालको समय, शिक्षादिक्षा बनारसमै हासिल गरेकी उनले १२ बर्षै उमेरमा र्हृाईस्कूल पास शिक्षामा जोड दिने उनको बुवाको इच्छा उनलाई डक्टर भएको हर्ेने
थियो । तर उनले पछि नेपाली बिषयमा स्नात्तकोत्तर गरेकी हुन् । घरमै आफना परिवारमा साहित्यप्रति संलग्नता भएको कारण उनको लगाव पनि
बाल्यकालदेखि नै साहित्यमा थियो । अध्ययनकै क्रममा २०१६ सालमा १४ बर्षै उमेरमा उनको विवाह प्रेमकृष्ण पाठकसगँ भएको हो । त्यो समयमा पनि फराकिलो सोच भएका परिवारमा जोडिन पुगेकाले उनको पढाइमा बाधा भने आएन । आफनो पर्ढाई,व्यवहार, जागिर, लेखन यी सबैलाई उनले विवाहपश्चात् पनि एकसाथ अगाडी लैजाने मौका पाइन् । राजनितीमा सक्रिय आफना जीवनसाथीको साथ र सहयोगले पनि उनलाई अdm सहज भयो । २ सन्तानकी आमा हिरण्यकुमारी २२ जनाको संयुक्त परिवारभित्र रहेर बिताएका ती समय सम्मिmदा कहालिलाग्दो भएको महसुस गर्छिन् ।
कठिनयात्रा छिचोल्दै अगाडी बढेका उनका पाइलाले उनलाई नेपालकै पहिलो महिला व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने मौका पनि मिल्यो। राष्ट्रिय वाणिज्य बैकंमा २०२२ सालमा आवद्ध भएपश्चात् मुख्य अधिकृत सम्मको जिम्मेवारीसम्म सम्हाल्दै उनले २०४९ सालमा अवकाश खुलेर आफना कुरा व्यक्त गर्न नसकिने त्यो समयमा पनि उनले महिला र पुरुष दुवै समान हुनर्ुपर्छ भन्ने अभ्रि्राय अनुरुप नै अगाडी बढेकी हुन् । जागिरकै सिलसिलामा विभिन्न जिल्लामा रही आफनो भूमीका निभाएकी उनलाई महिलाको नेतृत्वबाट अगाडी बढेको देख्दा समाजमा गनिएका र
बुद्धिजीवी कहलिएका व्यक्तिहरुबाट समेत अनेक प्रकारका टिकाटिप्पणी हुने गरेको अनुभव छ । व्यवस्थापकको रुपमा जिम्मेवारी सम्हाले क्रममा विश्वास पात्र बन्न त्यति सहज भएको थिएन पाठकलाई । १ दर्जन बढी संघसंस्थामा आवद्ध उनको श्री ५ बडामहारानी सरकार तथा समाजसेवा , मोहचक्र, शून्यवत् , अव्यक्त, श्री कृष्णलीला, मेहनती मौरी, दश महामर्ुख, गोमाः र्सघषशील जीवनका पाटाहरु र तोत्र प्रेम वृतान्त्ा गरी हालसम्म ९ वटा कृती प्रकाशित भईसकेका छन् भने अन्य थुप्रै पत्रपत्रिका र पुस्तकहरुमा पनि उनका लेखरचनाले स्थान पाइसकेका छन् । त्रिशक्तिपट्ट चौथो, गोरखादक्षिण बाहु चौथो, ऐर्श्वर्य स्वर्ण्र्ाादक, गद्दि आरोहण रजत महोत्सव पदक, वाणी पुरस्कार लगायत डेढ दर्जन बढी सम्मान तथापुरस्कारको भागीदार भईसकेकी साहित्यकार तथा कुशल प्रशासक हिरण्यकुमारी पाठक आफूलाई थप हौसला र उर्जा प्राप्त भएको मान्छिन् । अवकाश प्राप्त भएसगै उनको साहित्यिक यात्राले निरन्तरता पाएको हो । लेखनमा निरन्तरता सगै प्रकाशनको महत्व हुने बुझेकी छिन् उनले जस अनुरुप एउटा कुशल प्रकाशकको भूमीका निभाउदै थुप्रै साहित्यकारहरुको लेख रचना समावेश गर्दै पुस्तक प्रकाशन पनि गरेकी छिन् । हिरण्यकुमारी पाठकसगँ जोडिएको उनको जीवनको अर्काे पाटो समाजसेवा हो । गाउँ गाउँमा राहत वितरण, प्रौढ शिक्षा र ग्रामीण भेगमा सिपविकासमा जोड दिदै निरन्तर उनी सामाजिक कार्यमा पनि सक्रिय छिन् । जसबाट उनलाई सबैभन्दा बढी आत्मसन्तुष्टि मिलेको छ । आट्यो भने नसकिने र असम्भव भन्ने केही हुदैन , यसको एउटा ज्वलनत उदाहरण पनि हुन् साहित्यकार हिरण्यकुमारी पाठक । आफूले त्यसलाई मिलाएर लैजान सकियो भने सफलता अवश्य हात लाग्न सक्छ । यही अभ्रि्रायले जागरुप हिरण्यकुमारी पाठक जस्तोसुकै कठिन परिस्थितीका बाबजुत पनिअगाडी बढी रहेकी छिन् ।

सम्बन्धित समाचारहरु