आधाआकाशमा चरीमाया तामाङ
आधाआकाशमा चरीमाया तामाङ
Added: 2012 September 02

गरिव परिवारमा जन्मिएकी एउटी नेपाली चेली जो भारतको काठीमा वेचिएकी थिइन ्। उनले अन्तर्रर्ाा्रयि अवार्ड जित्लान् भन्ने कसले सोचेका थिए होलान् र † तर, त्यो साकार गरेर देखाइदिइन् चरीमाया तामाङले । मानव बेचबिखनविरुद्व सक्रियरुपमा काम गर्दै आएकी नेपालकी चरीमाया तामाङलाई अमेरिकाले 'हिरो एक्टिङ टु एण्ड मोर्डन-डे स्लेभरी अवार्ड-२०११' ले सम्मान गरेको हो  । वशिङटनस्थित विदेश विभागमा आयोजित मानव वेचविखन प्रतिवेदन-२०११ र्सार्वजनिक समारोहमा तामाङलाई अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले अवार्ड प्रदान गर्नुभएक्ो थियो । महिला बेचबिखन विरुद्ध पहिलो पटक सन् १९९७ मा मुद्धा हाल्ने उनलाई यो पुरस्कारले झन् उत्साह र शाहस बढाइदिएको छ ।
चरीमाया गरिब परिवारमा जन्मिएकी थिइन ्। सानै उमेरमा बाबु बितेपछि उनलाई जीवन चलाउन पनि मुस्किल पर्‍यो । २० वर्षअघि किशोरी अवस्थामा गाउ“मा दाजुभाउजूस“गै बस्दै आएकी उनी दलालको फकाइफुलाईमा परी मुर्म्बईमा बेचिइन् । बेहोसी अवस्थामा कतिबेला सिन्धुपाल्चोक गाउबाट मुम्बाईको कोठीमा उनी पुगीन् उनले पत्तै पाइनन् । त्यसबेला उनी १६ वर्षकी थिइन् । झण्डै दर्ुइ वर्ष उनले मुर्म्बईमा नारकीय जीवन बिताउन पर्‍यो । सन् १९९६ मा भारतीय प्रहरीले छापा मारेर नारकीय जीवनबाट मुक्ति दिलाएपछि उनी नेपाल र्फन सफल भइन् । त्यसबेला उनीस“गै अन्य करिब दर्ुइ सय नेपाली चेली पनि मुक्त भएका थिए ।
बेचिएर  जुन दिन उनी जन्मभूमि फर्किइन् त्यही दिनदेखि उनले मानव बेचविखनविरुद्धको लडाइ“ थालेकी हु“न्  । सातवटा गैरसरकारी संस्थाले उनी सहित १ सय २८ नेपाली चेलीलाई भारतबाट उद्धार गरेर २०५३ सालमा नेपाल फर्काएको थियो । त्यतिबेला उनी एउटा ज्यू“दो लास भएर जन्मभूमि आइपुगेंकी थिइन् ।  समाजमा हेय दृष्टिले हर्ेदथ्यो ।  । यही परिस्थितिबीच उनले कठिन यात्रा रोज्ने निधो गरिन् चेली बेचविखनविरुद्धको लडाइ“ । उनलेे यो पनि संकल्प गरिन्- म जुन समाजको सदस्य हु“, त्यही“ सम्मानित भएर बा“च्न पाउनर्ुपर्छ।
घर फर्केपछि चरीमायाले आफूलाई बेच्ने गिरोहविरुद्ध उजुरी दिइन् । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्ने उनी पहिलो महिला पनि बनिन् । परिण्ँाम सुखद निस्कियो । सन् १९९७ मा जिल्ला अदालतले चरीमायालाई बेच्ने आठ जना दोषीलाई जेल सजाय सुनायो । नेपालमा मानव ओसारपसारमा संलग्नलाई सजाय सुनाइएको त्यो नै पहिलो घटना थियो । वास्तवमा नै चेलीबेटी बेचबिखन विरुद्धको चरीमायाको अभियान यहा“बाट नै सुµ भयो ।
सुरुमा व्यक्तिगत लडाइ“ धेरै गर्नुपर्‍यो । दिन त्यस्तै थिए, कसैले पीडितका पक्षमा वकालत गर्दैनथे। समस्यामा परेको व्यक्ति आफै“ अग्रसर हुनुपथ्यार् र्ेेसमय यस्तो थियो, दलालविरुद्ध जाहेरी दिन जिल्लामा आउ“दा मान्छे अचम्म मानेर हर्ेर्थे। अहिले उनलाई आफूले त्यतिखेर कसरी गर्न सकेजस्तो लाग्छ ।नेपाली चेलीको बेचविखन नहोस भन्नाका खातिर तामाङले उद्वार गरिएर नेपाल फर्किएका  अन्य पन्ध्र महिलाहरुको सहयोगमा सन २००० मा शक्ति समूह स्थापना गरेकी थिइन । जसले महिला हिंसा विरुद्ध अभियान चलाइरहेको छ । पटकपटक मरेर बा“चेको तीतो अनुभवलाई नै शक्तिमा बदल्न संस्थाको नाम शक्ति समूह राखिएक्ो थियो त्यतिबेला । तर संस्था दर्ता सजिलै हुन भनृ सकेन , विभिन्न अवरोधहरुका साथ संस्था खोलेको चार वर्षपछि मात्र दर्ता हुन सक्यो । त्यो समाजले हर्ेने फरक दृष्टिकोण्ँको उपज थियो ।
२००९ मा स्थापित मानब बेचविखन विरुद्वको राष्ट्रयि समितिमा पनि चरीमाया कार्यरत छिन । उनले अहिले देशभरको जिल्ला समितिमा उद्वार गरिएका महिलाहरुलाई सदस्यको रुपमा समावेस गरी बेचविखनविरुद्व जनचेतना फैलाउन ठूलो योगदान पर्ुयाएकी छिन। सन २००७ मा बेचबिखनविरुद्वको उत्कृष्ट कार्यका लागि नेपाल सरकारले पनि तामाङलाई राष्ट्रयि सम्मान प्रदान गरेको थियो ।
२०५७ मा छिमेकी गाउ“ सिन्धुकोटमा उनको विवाह भयो । बेचबिखनमा परेकै कारण्ँ उनलाई गाउ“बाट बहिष्कार गरिएको थियो । अपहेलना सह“दै घरपरिवार मिलाउनु सा“च्चिकै चुनौतीपर्ूर्ण्ँ थियो । अहिले उनका दुइ छोरी पनि छन् ।  उनको लागी विवाह आवश्यकता भन्दा पनि एउटा सम्dmौता थियो  ।
अन्याय, अत्याचार र शोषण्ँमा पर्ने सबै महिला चरीमाया तामाङझैं साहसी बनेर उत्रन नसक्लान् तर यो कठिनाइलाई सबैभन्दा सुरुमा समाज र परिवारले बुझनु जरुरी छ ।
 

सम्बन्धित समाचारहरु