सरकार बिरोधी आन्दोलनका क्रममा देशमा हत्या हिंसा चर्किएको सीरिया समस्याग्रस्त
सरकार बिरोधी आन्दोलनका क्रममा देशमा हत्या हिंसा चर्किएको सीरिया समस्याग्रस्त
Added: 2012 May 27

सरकार बिरोधी आन्दोलनका क्रममा देशमा हत्या हिंसा चर्किएको सीरिया समस्याग्रस्त बनेको छ । संयुक्त राष्ट्र संघका महासचिव बान की मून र अन्तराष्ट्रिय शान्ति दुत कोफी अन्नानले सीरियाको हाउलामा शुक्रबार भएको जन संहारको निन्दा गरेका छन् । उनीहरुले सीरियामा भएको यो घटनाले अन्तराष्ट्रिय कानूनको उल्लंघन गरेको समेत बताएका छन् । उनीहरुले सीरिया सरकारलाई तत्काल हत्या रोक्न फेरी आग्रह गरेका छन् । अमेरिका र बेलायतले पनि सीरिया सरकारलाई तत्काल हत्या हिंसा रोक्न आग्रह गरेका छन् । बेलायतले सीरियाको पछिल्लो घटना पछि तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ । सीरियामा पछिल्लो पटक भएको हिंसामा बालबालिका सहित ९० जनाको मृत्यु भएको थियो ।

 

सम्बन्धित समाचारहरु