कतरको राजधानी दोहाको एक व्यापारीक केन्द्रमा लागेको आगलागीमा परी १९ जनाको मृत्यु
कतरको राजधानी दोहाको एक व्यापारीक केन्द्रमा लागेको आगलागीमा परी १९ जनाको मृत्यु
Added: 2012 May 29

कतरको राजधानी दोहाको एक व्यापारीक केन्द्रमा लागेको आगलागीमा परी १९ जनाको मृत्यु भएको छ ।  कतरको गृहमन्त्रालयले दिएको जानकारी अनुशार मर्नेमा १३ वालवालिका तथा ४ शिक्षक रहेका छन् । कतरको सवैभन्दा ठूलो मल मध्येको एक विलेजियो मलमा आगलागी भएको हो ।
निकै लोकप्रिय उक्त मल सन् २००६ मा खुलेको थियो । धेरैजसो मनोरञ्जन तथा किनमेलको लागि यस महलमा मानिसहरु आउने गरेका थिए । आगलागीको कारण थाहा नभएको कारण अनुसन्धान भइरहेको स्थानिय अधिकारीहरुले जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचारहरु