डा.मनमोहन सिंहद्वारा सुचिलाई भारत भ्रमणको निम्तो
डा.मनमोहन सिंहद्वारा सुचिलाई भारत भ्रमणको निम्तो
Added: 2012 May 29

नरेश फुयाल, जेष्ठ–१६,काठमाण्डौ । बर्मा भ्रमणमा रहनु भएका भारतिय प्रधानमन्त्री डा.मनमोहन सिंह र प्रजातन्त्रवादी आङ्साङ सुचिबिच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा मनमोहन सिंहले भारतको भ्रमण दिनु भएको निम्ता स्विकार्दै सुचिले समय मिलाएर चांडै नै भारत आउने बताउनु भयो । सुचिलाई भेट्न पाउंदा आफुलाई गर्व महशुस भएको बताउनु भएका प्रधानमन्त्री डा. सिंहले सूचीको संघर्ष विश्वलाई प्रेरणादायी भएको बताउनु भयो । डा.सिहंले बर्मामा राष्ट्रपति थेन सेनले शुरु गरेको लोकतन्त्र सुधार प्रक्रियामा सुचिको महत्वपूर्ण हिस्सा रहने बताउनु भयो ।

तिन दिने भ्रमणका लागि डा. सिंह अस्ति बर्मा जानु भएको हो । २५ बर्षपछि भारतिय उच्च अधिकारी बर्मा भ्रमण सिंहको पहिलो हो ।
 

सम्बन्धित समाचारहरु