इजरायल सरकारले विवादित पश्चिमी किनारको यहुदी बस्तीमा ३ सय नया“ भवन निर्माण्ँ प्रक्रिया थाल्न आदेश दिएको छ ।
र्
र्
इजरायली संसदले विवादित क्षेत्रमा पर्ुनस्थापनाको प्रयासलाई बैधता दिने विधेयक खारेज लगत्तै प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले यस्तो आदेश दिनुभएको हो । नया“ भवन निर्माण्ँका लागि प्रधानमन्त्री नेतान्याहूले दिएको आदेश कानुन विपरित भएको भन्दै आलोचना पनि भइरहेको छ ।
प्यालेस्टाइनको जमिनमा बनेका भवनहरुलाई बैधानिकता दिने प्रयास भइरहेका बेला इजरायलले यस्तो कदम चाल्नु शान्ति स्थायित्वमा गम्भीर असर पुग्ने अमेरिकाले बताएको छ ।
इजरायलको गतिविधिले शान्ति प्रक्रियाका सबै प्रयास प्रभावहिन हुने अमेरीकाको भनाई छ । यहूदी बस्तीको विषयलाई लिएर प्यालेस्टाइन र इजरायलबीच भइरहेको विवाद वार्ता मार्फ समाधान गर्नू पर्ने भन्दै अमेरिकाले इजरायलको गतिविधी कुनै पनि हालतमा स्वीकार्न नसकिने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।