१२ यात्रु सवार बिमान पेरुमा ३ दिनबाट बेपत्ता
१२ यात्रु सवार बिमान पेरुमा ३ दिनबाट बेपत्ता
Added: 2012 June 08

नरेश फुयांल,जेष्ठ–२६,काठमाण्डौ । दक्षिणी पेरुमा ३ दिनदेखी बेपत्ता भएको पर्यटक चढेको एउटा हेलिकोप्टर अझै हराइरहेको छ । । तीन दिनअघी अमेजनबाट उडेको हेलिकोप्टर अवतरण भए नभएको जानकारी पाउन नसकिएको अधिकारीहरुले बताएका छन् ।

हेलिकप्टरमा चालक दलका सदस्य समेत गरी १२ जना यात्रु सवार थिए । हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने शंकामा उद्धारकर्मीले पहाडी क्षेत्रमा खोजी गरिहेको बिबिसीले जनाएको छ ।

सधै जसो बादल लाग्ने पहाडी क्षेत्रमा हेलिकोप्टर हराएको हुन सक्ने पेरुले जनाएको छ । कुस्कोमा रहेको पहाडी क्षेत्रको भ्रमणका लागि हरेक वर्ष हजारौ पर्यटक आउने गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।


 

सम्बन्धित समाचारहरु