दलाई लामा बेलातामा
दलाई लामा बेलातामा
Added: 2012 June 15

नरेश फुयांल, असार–१, काठमाण्डौ । तिब्बती आध्यात्मिक नेता दलाई लामा एक साता लामो बेलायत भ्रमणमा जानु भएको छ ।
आठ दिने भ्रमणका क्रममा लामा आज बेलायत पुग्नु भएको हो । लामाको भ्रमणले यस अघि नै चिसीएको चिन र बेलायत बिचको सम्बन्धमा झन बल पुग्न सक्ने अनुमान गरिएको छ ।

गएको एक महिना अघि पनि लामाले बेलायत भ्रमण गर्नु भएको थियो । त्यत्तिखेरको भ्रमणका क्रममा लामासंग बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भेटवार्त गरेको भन्दै चिनले आफ्नो उच्चस्तरिय वार्ता र अन्य सम्पूर्ण सम्पर्क बिच्छेत गरेको थियो ।
तिब्बत चिनको स्वाशासित क्षेत्र भएकाले लामाका हरेक क्रियाकलाप चिनले नियाल्ने गरेको छ । तिब्बतका आध्यात्मिक नेता अहिले निर्वासित जिवन बिताइ रहनु भएको छ  ।

नोबेल शान्ति पुरस्कार विजेता लामाले आफ्नो बेलायत भ्रमणका क्रममा लिड्स बिश्वविद्यालयलाई सम्बोधन गर्नु हुने बिबिसिले जनाएको छ ।


 

सम्बन्धित समाचारहरु