जापानले पुन: २ ओटा परमामणु उर्जा केन्द्र संचालनमा ल्याउदै
जापानले पुन: २ ओटा परमामणु उर्जा केन्द्र संचालनमा ल्याउदै
Added: 2012 June 16

नरेश फुयांल,असार–२,काठमाण्डौ । जापानले गएको वर्ष सुनामीका कारण क्षति पुगेपछि बन्द गरिएका मध्य दुईवटा परमाण् संयन्त्र पुन: सन्चालन गर्ने भएको छ । एउटा परमाण् प्लान्ट तीन हप्ता भित्र शुरु भईसक्ने जापानी अधिकारीहरुले बताएका छन् ।

भुकम्पसंगै आएको सुनामीले क्षति पुगेपछि जापानका ५० वटा परमाण् संयन्त्र नियमीत मर्मत सम्भारका लागि भन्दै बन्द गरिएका थिए ।

परमाण् उर्जाबाट जापानको बिजुलीको मागको एक तिहाई हिस्सा आपूति र्हुँदै आएको छ । प्रधानमन्त्री योशिहिको नोडाले परमाण् संयन्त्र सञ्चालन गर्ने सरकारको कदमलाई सहयोग गर्न आग्रह गर्न सबैसंग भएको छ ।

यता, कानुनविद् तथा सर्वसाधारणले परमाण् उर्जा संयन्त्र मानवजीवनका लागि जोखिमपूर्ण भन्दै सधैंका लागि बन्द गर्नुपर्ने माग गरेका छन् ।

 

सम्बन्धित समाचारहरु