नरेश फुयांल, असार,३–काठमाण्डौ । तलब बृद्धिको माग गर्दै मजदुरहरु आन्दोलनमा उत्रिएपछि बंगलदेशका ३ सय कपडा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
२ वर्षअघि तलब वृद्धि गरेपनि त्यो पर्याप्त नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको त्यहाँको ट्रेड युनियनले बताएको छ । बढ्दो महंगी अनुसार तलब वृद्धि गरिनुपर्ने मजदुरहरुको माग छ । प्रदर्शनमा उत्रेका मजदुर र प्रहरीबीच झडप भएको खबर प्रात्त भएका छन् । उद्योग बन्द भए बंगलादेशको औद्योगिक व्यापारमा ठूलो धक्का लाग्ने भएकाले समस्या सुल्झाउन अधिकारीहरुले सुझाव दिएका छन् ।
बंगलादेशमा रहेका ४ हजार भन्दा बढी कपडा उद्योगमा ३० लाख भन्दा बढी कार्यरत छन् । कपडा उद्योगमा मजदुरहरुको शारीरिक शोषण हुने गरेकाले त्यसलाई रोक्न सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।