नाइजेरियामा भीषण बम आक्रमण, ३६ जनाको ज्यान मारिए
नाइजेरियामा भीषण बम आक्रमण, ३६ जनाको ज्यान मारिए
Added: 2012 June 18

असार ४, काठमाडौं । नाइजेरियामा भएको भीषण बम आक्रमण कम्तीमा ३६ जनाको ज्यान गएको छ । कैयौं घाइते भएका छन् ।

उत्तरी नाइजेरियाको कादुना राज्यमा रहेका ३ भन्दा बढी चर्चमा बिद्रोही समूह बोको हरामले बम आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । आक्रमणपछि सरकारले २४ घण्टे कर्फयू जारी गरेको बिबिसीले जनाएको छ । जारीया, नसारवा, बर्नावा र कादुनामा रहेको चर्चमा बोको हरामले हमला गरेको त्यहाको राष्ट्रिय आकस्मिक व्यवस्थापन एजेन्सीले जनाएको छ ।

बोको हरामले पश्चिमा संस्कृतिको विरोध गर्दै चर्चमा बम आक्रमण गर्दै आएको छ ।

 

सम्बन्धित समाचारहरु