नरेश फुयांल,असार–४,काठमाण्डौ । पकिस्तानमा बम बिस्फोटहुंदा ३ छात्रको ज्यान गएको छ । बलूचिस्तान प्रान्तमा एक कलेज बसमा बम बिस्फोट हुंदा उक्त हताहती भएको बिबिसिले जनाएको छ ।
उक्त बिस्फोट कलेज बसलाई लक्षित थियो या थिएन एकिन भइनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ ।
उक्त बम बिस्फोटका हालसम्म कसैले जिम्ेवारी नलिए पनि बिद्रोही संगठन तालिबान र अन्य पृथकतावादी समुह उक्त क्षेत्र सक्रिय रहेको बिबिसिले उल्लेख गरेको छ ।
उता अफ्गानिस्तानमा बम बिस्फोटहुंदा ६ जनाले ज्यान गएको छ । पूर्वी अफगानिस्तानमा भएको बम बिस्फोटमा परि एक अफगान पुलिसका कमाण्डर, उनका एक छोरा, दुई जना अङ्गरक्षक सहित ६ जनाले ज्यान गुमाएको बिबिसिले जनाएको छ ।