प्रधानमन्त्री पद नछाडे राष्ट्रपतिले बर्खास्त गर्नु पर्ने राणाको भनाइ
प्रधानमन्त्री पद नछाडे राष्ट्रपतिले बर्खास्त गर्नु पर्ने राणाको भनाइ
Added: 2012 June 18

नरेश फुयांल,असार–४,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री आफैले पद नछाडे राष्ट्रपतिले बर्खास्त गर्नु पर्ने बताउनु भएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा राणाले दलीय सहमतिमा सरकार बन्ने अवस्था नभए न्यायाधिस वा अन्य स्वतन्त्र ब्यक्तित्वको नेतृत्वमा सर्वपक्षीय सरकार गठन गर्नु पर्ने धारणा राख्नु भयो । काम चलाउ सरकाराका प्रधानमन्त्री बिदेश भ्रमणमा जान नहुने भन्दै उहांले तत्काल प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह समेत गर्नु भयो। धर्म निरपेक्षताको विषयमा नागरिकले अहिलेसम्म आफ्नो भावना ब्यक्त गर्न नपाएको भन्दै राणाले यस बिषयमा जनमत संग्रह गर्नु पर्ने बताउनु भयो ।

संविधान निर्माणको बाधक राज्यको पुर्नसंरचना नै भएको भन्दै उहाँले प्रान्तको संख्या र नामाकारणका बिषयमा पनि जनमत संग्रह गरेर विवाद टुङग्याउनु पर्ने  बताउनुभयो ।
 

सम्बन्धित समाचारहरु