एजेन्सीको सहयोगमा सुदिप पौडेल, असार ८ गते, काठमाण्डौ ।
अफगानिस्तानमा विद्रोही र सुरक्षाकर्मीबीच दोहोरो भिडन्तमा २ जनाको ज्यान गएको छ ।
तालिबान विद्रोहीले राजधानी काबुल नजिक रहेको एक होटलमा आक्रमण गर्दा उक्त हताहती भएको बिबिसिले जनाएको छ । रकेट सहितको ग्रिनेड, मेशिनगन लगायतका अत्याधुनिक हतियार सहितका तालिबान लडाकुले होटलमा आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । तालिवानी विद्रोहीले बन्धक बनाइएका १८ जनालाई सुरक्षकर्मीले मुक्त गराएको बिबिसीले जनाएको छ ।
होटलमा आक्रमण भएपछि केही व्यक्ति झ्यालबाट हामफालेर भागेका थिए । तालिबानले धनी अफगानी र विदेशीले छाडारुपमा पार्टी गर्दै आएकाले होटलमा आक्रमण गरेको बताएका अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।