एजेन्सीको सहयोगमा नरेश फुयांल, असार–११,काठमाण्डौ । पाकिस्तानमा बिद्रोहीसंग भएको झडपमा ६ जना सुरक्षाकर्मी मारिएका छन् ।
अफ्गान सिमा पारीवाट आएका बिद्रोहीसंग खैबर प्रान्तमा भएको झडपमा उक्त हताहती भएको बिबिसिले जनाएको छ । उक्त दोहोरो भिडन्तका क्रममा ११ जना बिद्रोही मारिएको पाकिस्तानी प्रहरीले दावी गरेको छ । यता तालिबान पाकिस्तानका प्रवक्ता एह सानुल्लाह एहसानले उक्त आक्रमणको जिम्मेवारी लिंदै ४ जना सुरक्षाकर्मीलाई बनाएको दावी गरेका छन् ।