वसन्त शर्मा असार १४, काठमाडौ । मानवअधिकारवादी अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेशनलले चीन, यूक्रेन र सूडानवाट प्राप्त हतियारले दक्षिण सूडानमा संघर्ष बढाईरहेको जनाएको छ ।
एमनेस्टीको हालै सार्वजनिक एक प्रतिवेदनमा दक्षिण सूडानको रिहाइशी इलाकामा विद्रोही समुह र सेनाबीचको भिडन्तमा ठूलो संख्यामा मानिसहरुको हताहती भइरहेको जनाईएको छ ।
विद्रोही समूहले सूडानमा निर्माण भएका हतियार र चीनमा बनेका विद्युतिय धरापको प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । एमनेष्टिको प्रतिवेदनमा दक्षिण सूडानको सेनाले रिहाइशी इलाकामा बमबारीका लागि युक्रेनको ट्याङ्क प्रयोग गरिरहेको पनि उल्लेख गरिएको छ ।