‘पिंजडा ब्याक अगेन’को पहिलो गित सार्वजनिक
‘पिंजडा ब्याक अगेन’को पहिलो गित सार्वजनिक
Added: 2017 October 12

काठमाडौं-माघ ४ गते प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपालि चलचित्रका गीतहरुमा लोक फ्लेवरका गित हरु दिदै आएका गीतकार तथा संगीतकार राजनराज सिवाकोटी को शब्द संगीत रहेको ‘कु कु कु…’ (यता पनि छैन उता पनि छैन) गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर छ ।

लोक टुक्काहरुको समिश्रणमा तयार भएको गीत दर्शक तथा श्रोताले मन पराउने संगीतकार सिवाकोटीले आशा व्यक्त गरे । उनले अगाडी भने ‘मैले निर्माण गर्ने सबै गीतमा नेपाली लोक शब्दको बाहुल्यता रहन्छ । कति त प्राय मान्छेले नबुझ्ने शब्द पनि मैले गीतमा प्रयोग गरेको हुन्छु । किनकी, लोप हुँदै गएका नेपाली शब्दको बारेमा नेपाली दर्शक तथा श्रोतालाई जानकार गराउन मैले लोक शब्दलाई निरन्तरता दिईरहेको छु ।

सार्वजनिक गरिएको गीतमा निखिल उप्रेती र सारा सिर्पाली फिचारिंग छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी र सौरव लामाको छायाँकन छ । हिमाल केसी ले निर्देशन गरेको चलचित्रलाई मौनता श्रेष्ठ ले लेखेका हुन् भने चलचित्रमा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको पनि अभिनय रहेको छ ।

बसन्त शर्मा र शुशांत श्रेष्ठ कार्यकारी निर्माता रहेको  ‘पिंजडा ब्याक अगेन’को निर्मातामा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्री रहेका छन् ।

सम्बन्धित समाचारहरु