चलचित्र मेलाको ट्रेलर सार्वजनिक
चलचित्र मेलाको ट्रेलर सार्वजनिक
Added: 2017 October 14

काठमाडौं-कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मेला’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी टुक्काहरु जोडेर बोलिएका संवाद ट्रेलरमा समावेश गरिएको छ ।

बसन्त निरौला निर्देशित चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 हरि पन्तको प्रस्तुतीमा तयार भएको चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको  चलचित्रमा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।

सम्बन्धित समाचारहरु