चलचित्र 'रोमियो'को ट्रेलर रिलिज
चलचित्र 'रोमियो'को ट्रेलर रिलिज
Added: 2017 October 14

काठमाडौं-चलचित्र ‘रोमियो’को ट्रेलर सार्बजनिक भएको छ । कार्तिक २४ गते प्रदर्शनमा आय्ने चलचित्र रोमियो को ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

पछिल्लो समय ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको ‘रोमियो’मा निशा अधिकारी यौनकर्मी महिलाको भूमिकामा छिन । शंकर कार्की निर्देशित चलचित्रमा हसनरजा खान, मेलिना मानन्धर, भानु प्रताप, ओशिमा बनु, बिपेन मिक्की गुरुङ, विकाश खतिवडा लगायतका कलाकारको अभिनय छ ।

किरण माइकल घिमिरेले तयार गरेको कथालाई शंकर कार्कीले निर्देशन गरेका हुन् । एचआरके प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण माइकल घिमिरेको कथा रहेको छ । चलचित्रमा ताराप्रकाश लिम्बु, सुनिल ‘सन्डे’, कुर्वान खान र योगेश काजीको संगीत छ ।

अभिनेता हसनरजा खानकै प्रस्तुती रहेको सिनेमामा आशिका श्रेष्ठ र विष्णु कार्कीको निर्माण,  रामेश्वर कार्कीको छायाँकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

सम्बन्धित समाचारहरु