'ह्याप्पी न्यु ईयर'को पहिलो गित सार्वजनिक
'ह्याप्पी न्यु ईयर'को पहिलो गित सार्वजनिक
Added: 2017 October 15

काठमाडौं-आईतबार एक कार्यक्रमका बीच चलचित्र 'ह्याप्पी न्यु ईयर'को पहिलो गित सार्वजनिक गरिएको छ । पौष १४ गते नेपालि हलहरुमा प्रदर्शनमा आउने चलचित्रमा समावेश 'ह्याप्पी न्यु ईयर' बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका कलाकार कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् । विनोद ढकालको शब्द तथा संगीत रहेको उक्त गीतमा नवराज बस्नेतको स्वर रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो । 

नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेको चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा रहेको छ । 

चलचित्रमा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित समाचारहरु