चलचित्र ‘अमेरिका बोइज’निर्माणको घोषणा
चलचित्र ‘अमेरिका बोइज’निर्माणको घोषणा
Added: 2017 October 15

काठमाडौं-आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘अमेरिका बोइज’निर्माणको औपचारिक घोषणा गरिएको छ । प्रवेश पौडेलको निर्देशन रहने चलचित्रको तिहारपछि छायांकन सुरु हुने पनि निर्देशक पौडेल ले जानाकारि दिएका छन् ।

चलचित्रमा अर्पण थापा, सुनिल थापा ,हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ भने चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् । अर्जुन थापा र प्रकाश भुजेल कार्यकारी निर्माता रहेको चलचित्रमा इन्द्र प्रसाद खरेल र डम्बर चन्दको लगानी रहने छ भने चलचित्रको लागत एक करोड रहने बताइएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक पौडेलले भने भने, 'नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र निर्माण हुनेछ ।’चलचित्रलाई अलोक सुक्लाले खिच्नेछन् भने चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहनेछ ।

सम्बन्धित समाचारहरु