नम्रताले दिईन राजेश र करिश्मालाई यस्तो चुनौति
नम्रताले दिईन राजेश र करिश्मालाई यस्तो चुनौति
Added: 2017 October 20

स्तन क्यान्सर सचेतनाका लागि अभिनेत्री नम्रता श्रेष्ठले सेल रोटी पकाउने  प्रतिस्पर्धा सुरु गरेकी छिन् । महानायक राजेश हमाल,  करिश्मा मानन्धर,  केकी अधिकारी, र्यापर आशिष राना लाउरे, बैंकर रविना देशराज जोशी यस सचेतना अभियानमा सहभागी हुन आव्ह्वान गर्दै  नाम्रताले उनीहरुलाई सेल रोटी पकाउन चुनौती दिएकी हुन् ।

यस सचेतनामा सहभागी हुनेले आफुले पकाउँदै गरेको सेल रोटीको छोटो भिडियो फेसबुकमा अपलोड गरी #breastcancerawareness #selrotichallenge गर्नुपर्नेछ । यस्तै स्तन क्यान्सर पिडितको लागि नम्रताले आर्थिक सहयोगको अपिल पनि गरेकी छिन् । प्राप्त सहयोग रकमलाई नेपाल क्यान्सर अस्पताललाई हस्तान्तरण गरिने छ । अभिनेत्री नम्रता आफुले पनि सेल रोटी पकाएको भिडियो फेसबुकमा पोस्ट गरेकी छिन् ।

सम्बन्धित समाचारहरु