सकियो 'कान्छी'को शुटिङ माघ २६ मा प्रदर्शन
सकियो 'कान्छी'को शुटिङ माघ २६ मा प्रदर्शन
Added: 2017 October 22

काठमाडौं-माघ २६ गते प्रदर्शनमा आउने गरि अभिनेत्री स्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’को सम्पूर्ण छायाँकन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी  वरपर पचास दिनमा चलचित्रको छायाँकन सकिएको हो ।

बिहिबार, लक्ष्मीपुजाको दिन ‘कान्छी’ को सुटिङ सकेपछि चलचित्रकी नायिका तथा निर्मात्री समेत रहेकी श्वेताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् ‘दादाको सम्बोधन मार्फत आदर गर्ने मेरा स्वर्गिय  पती श्रीकृष्ण श्रेष्ठ ज्यु प्रति हार्दिक श्रद्धाञ्जली स्वरुप आगामी माघ २६ गते ‘कान्छी’ लाई दर्शकसामु ल्याउँदैछु । एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई एउटा राम्रो चलचित्र समर्पण गर्ने प्रयास गरेकी छु । मैले आफ्नो गक्ष र दक्षले भ्याएसम्मको मेहनत गरेकी छु । मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरु लगाएत कान्छी निर्माणका सम्पूर्ण युनिटको पसिना मिसिएको छ । ‘कान्छी’ लाई तपाईंहरुको सल्लाह सुझाव र उत्प्रेरणाको खाँचो छ । मेरा त्रुटीहरुलाई औल्याएर आगामी दिनमा झन परिस्कृत हुने मौकाबाट मलाई बञ्चित नगराउनु होला ।’

आकाश अधिकारी निर्देशित  चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, अनु शाह,  प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता  भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको ‘कान्छी’ मा शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

सम्बन्धित समाचारहरु