चलचित्र 'ऐश्वर्य'लाई पीजी सर्टिफिकेट
चलचित्र 'ऐश्वर्य'लाई पीजी सर्टिफिकेट
Added: 2017 October 23

काठमाडौं-कार्तिक ९ गते छठ पर्वको दिन प्रदर्शनमा आउन लागेको यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’लाई पिजी सर्टिफिकेट मिलेको छ ।‘तिमी रोएको पल’ र ट्रेलरबाट दर्शक को प्रतिक्षित रहेको चलचित्र २घण्टा १५ मिनेटको बनेको छ ।

चलचित्रलाई पिजी सर्टिफिकेट प्रदान गरेसँगै १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानीमा चलचित्र हेर्नुपर्ने भएको छ ।चलचित्रमा समावेश केहि द्धन्द्धका  दृश्यका कारण ‘ऐश्वर्य’ले केन्द्रिय चलचित्र जाँच पधाधिकारिहरुबाट पिजी सर्टिफिकेट प्राप्त गरेको हो। १६ वर्षभन्दा कम उमेरका बालबालिकाले आफ्ना अभिभावकको साथमा चलचित्र हेर्नुपर्ने भएको हो ।
दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश उप्रेती , प्रशान्त ताम्राकार , निर्मल शर्मा, दीपिका प्रसाईं ,केकी अधिकारी , अर्जुन श्रेष्ठ , केशव भट्टराई , अर्जुन जंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक भट्टराईकै लेखन  रहेको चलचित्रलाई अर्जुन श्रेष्ठ, किरणराना उप्रेती र निर्मल शर्माले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकन, रामजी लामिछाने,तेन्जु योन्जन,एन्जिला खत्रीको कोरियोग्राफी र दिर्घ खड्काको छायाँकन रहेको छ ।

सम्बन्धित समाचारहरु