बलिउड अभिनेता साहरुख खानलाई मुम्बईको बाङखेडे स्टेडियममा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ । इण्डियन प्िरमियर लिग आइपिएल क्रिकेटको क्रममा बुधवार राती कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराए पछि कोलकाताका मालिक समेत रहेका बलिउड अभिनेता खानले खेलाडीलाई बधाई दिन मैदानमा जाने क्रममा सुरÔाकर्मीलाई कुटेका थिए ।
सुरÔाकर्मीले मैदान भित्र जान रोकेपछि खान एक एक कुटपिटमा उत्रिएका थिए । सुरÔाकर्मीलाई कुटेको र स्टेडियममा अभद्र व्यवहार देखाएको भन्दै मुम्बई क्रिकेट एशोसिएसनको विहीवार बसेको बैठकले साहरुखलाई स्टेडियममा प्रतिबन्ध लगाउने निणर््ँय गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड विसिसिआइले स्वीकृती दिएपछि मात्र यो निणर््ँय कार्यान्वयन हुने छ ।
मुम्बई क्रिकेट एशोसिएसनका सदस्य नबिन सेठ्ठी र मुम्बई पुलिसले मैदान प्रवेश गर्ने बेलामा खान रक्सीको नसामा रहेको बताए पनि खानले आफूले रक्सी नखाएको दावी गरेका छन् । विहीवार नै पत्रकारसित कुरा गर्दै खानले आफूमाथि मुम्बई क्रिकेट एशोसिएसन आफूप्रति पूर्वाग्रही भएको गुनासो गरेका छन् । स्टेडियममा पहिले आफूमाथि दुव्र्यवहार भएको दावी गर्दै त्यसपछि आफूले पनि प्रतिकार गरेको बताए । उनले सुरÔा गार्डले आङ्खना बच्चामाथि दुव्र्यवहार गरेको आरोप पनि लगाएका छन् । खानले आफूले कुनै गल्ती नगरेको भन्दै माफी पनि नमाग्ने बताए ।