पारस थाइप्रमीकासाग थाइलेण्डमा
पारस थाइप्रमीकासाग थाइलेण्डमा
Added: 2012 June 03

मन मिलेपछि उमेर, घरपरिवार र प्रतिष्ठाले माया प्रेम गर्न कंहा छेक्दो रहेछ र ? पूर्वयुवराज पारस शाहलाई पनि आफ्नो परिवारीक प्रतिष्ठाले छेक्न सकेन प्रेम गर्नबाट । तयसैले त उनी यतीबेला थाइल्यान्डकी एक युवतीसंग प्रेम चच्करमा फसेका छन् ।

तीन छोराछोरीका बाबु पारस थाई केटीसंगको प्रेमकै कारण तीन महिनादेखि परिवारको सम्पर्कमा समेत रहेका छैनन् । खबर अनुसार उनी यतीबेला बैंककमा थाई प्रेमिकासंगै बसीरहेका छन् ।

यही कारण पारस श्रीमती हिमानी बैंकक पुग्दा समेत सम्पर्कमा आएनन् । र हिमानी एक साता बैंकक बस्दासमेत पारस सम्पर्कमा नआएपछि उनी छोरीहर पूणिर्का र कृतिकाका साथै छोरा हृदयेन्द्रलाइ लिएर काठमाडौं फर्केकी थिइन् । विगतमा एकपटक ती थाई युवती पारसको निम्तोमा काठमाडौंसमेत आएकी थिइन् ।

निर्मल निबास श्रोतका अनुसार बुबा ज्ञानेन्द्रसितको खटपटका कारण पारस काठमाडौंसित विरक्तिएका छन् । पारस परिवतिर्त राजनीतिक अवस्था र परिवारबाट पनि ‘फ्रस्टेड’ भएका थिए । आफूले गर्न खोजेका राम्रा काममा पनि बुबाले साथ नदिएको गुनासो उनले साथीहरसित गर्ने गरेका थिए । इच्छा भएर पनि उनी बुबाकै कारण मिडियामा आउन पाएका थिएनन् ।

 

सम्बन्धित समाचारहरु