“मिस एयर होस्टेज २०११प्रतियागिताको लागि प्रतियोगिहरु छनौट गर्ने कार्यक्रम सम्पन्न
“मिस एयर होस्टेज २०११प्रतियागिताको लागि प्रतियोगिहरु छनौट गर्ने कार्यक्रम सम्पन्न
Added: 2011 November 26

सिजन मिडियाको आयोजनामा गत वर्षेखि भइरहेकोे “मिस एयर होस्टेज २०११” (Fly High Make Your Dream Come True) प्रतियागिताको लागि प्रतियोगिहरु छनौट गर्ने कार्यक्रम आज कमलपोखरी स्थित मार्कोपोलो विजनेश होटलमा सम्पन्न भएको छ । अडिसनका लागि निर्ण्ाायक मण्डलमा गुण एयर का सिनियर क्याप्टेन विनय विजुक्छे  ,एयर डाइनेष्टीकी क्याप्टेन मिस प्रिया अधिकारी ,गुण एयरलाइन्सका पाइलट सुवास जंग रानाभाट,अग्नि एयरलाइन्सकी चिफ एयरहोस्टेज अन्जली खनाल, एयर होस्टेज एरीना नेमकुल र कोरीयोग्राफर रोजीन शाक्य रहेका थिए ।

प्रतियोगिताका लागि आवेदन दिएका काठमान्डौ वाट २५ जना मध्येबाट १५ जना र राजधानी वाहिर पोखरावाट ४ जना र वुटवलवाट ५ जना प्रतियोगीहरु समावेस गर्ने गरी  जम्मा २४ प्रतियोगीहरु छनौट गरिएका छन् । प्रतियोगीताका लागि छनौट भएका युवतिहरुलाई मंसिर १३ गते मंगलबारबाट कमलपोखरी स्थित मार्कोपोलो विजनेश होटलमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतियोगीहरुलाई एभियसन सम्वन्धी विभिन्न विषय वस्तुको जानकारी, हस्पीटालीटी सम्वन्धि जानकारी, शारारिक फिटनेश ,फोटो सेसन  व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संघ संस्थाहरुको भ्रमण -जस्तै, माइती नेपाल नारकोनन् नेपाल वृद्धा आश्रम आदि ) मिडिया भिजीट ,रक्तदान  कलचरल भिजीट र टुरीजम सम्वन्धिको जानकारी प्रदान पनि गराइने छ ।

स्टेज पर्फेन्स , क्याटवाक मेक अप, ड्रेसअप आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण दिनुहुने छ । प्रतियोगीहरुविचको आन्तरीक प्रतिभाको पनि प्रशिक्षण अवधीमा, प्रतीयोगीता गरि उनीहरु भित्ररहेको प्रतिभालाइ देखाउने मौका प्रदान गरिनेछ र प्रतियोगीहरुको अन्तिम प्रतिस्प्रधा पौष ९ गते काठमान्डौ वसुन्धारा स्थित होटल साहान्सामा  सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताहरुले मिस एयर होस्टेजको  ताज उपाधि सहित रु २५ हजार नगद, एयरहोस्टेज वन्ने अवसर साथै साउथ वइस्टन स्टेट कलेज वसुन्धरा मा एक वर्षो व्याचलरमा फुल स्कलरसीपमा पढ्नपाउने  र अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनरअपले भने क्रमशः रु २० हजार १५ हजारका दरले नगद र एयर होस्टेजको जागीरको लागि आयोजकले अन्य एयरलाइन्सहरुमा प्रयास गरीदिने र साउथ वइस्टन स्टेट कलेज वसुन्धरा मा एक वर्षव्याचलरमा फुल स्कलरसीपमा पढ्नपाउने साथै मोवाइल र अन्य गिफ्टहयाम्पर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेताहरु छनौट गरिनेछ । 

सम्बन्धित समाचारहरु