बिग एफएमले आयोजना गरेको दोस्रो बिग आईकनको उपाधी शितलदेवी पोखराका सुमन गौतमले हात पारेका छन्। उपाधीसंगै उनले टिभिएसको मोटरसाईकल जितेका छन्। कुल ६ सय ३० प्रतिस्पर्धीलाई पछाडी पार्दै शुक्रबार आयोजित अन्तिम स्पर्धामा गौतमले उपाधी हात पारेका हुन्। फाइनलसम्म निकट प्रतिद्वन्द्वीका रुपमा उनीसँगै रहेका लेखनाथ सैनिकबस्तीका सविन तामाङ उपविजेता बने। तामाङभन्दा एसएमएस भोटिङमा सर्वाधिक मत प्राप्त गर्ने गौतमलाई नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले भव्य समारोहबीच दोश्रो बिग आईकनको घोषणा गरेका हुन्।