जुनीयर स्कुल प्रिन्सेज प्रतियागिताको आयोजना
जुनीयर स्कुल प्रिन्सेज प्रतियागिताको आयोजना
Added: 2012 January 07

सिजन मिडियाको आयोजनामा हुने “जुनीयर स्कूल प्रिन्सेज” कक्षा चार पाचँ र छ मा अध्ययनरत छात्राहरुको लागि जाडो विदाको समयमा घरघरमा  वसेका सम्पर्ूण्ा छात्राहरुलाई मध्य नजर राखी उनीहरुको भित्ररहेको अन्तरनिहीत प्रतिभा , व्यक्तित्व विकास , खेलकुद, घुम्न र सिक्न पाउने अधिकारको लागि केहीहदसम्म भए पनि फर्ुसदको समयलाई सदुपयोग गरिने साथै शैक्षीक क्षेत्रमा समेत सहयोग पुगोस र सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने हेतुले पहिलो पल्ट जुनीयर स्कुल  प्रिन्सेज  प्रतियागिताको आयोजना गर्न लागिएको हो ।अरु प्रतियोगीता भन्दा फरक रुपमा प्रस्तुत गरिने छ  यो प्रतियेगीता राजधानीका विभिन्न स्कुलहरु वाट कक्षा चार पाचँ र छ मा अध्ययनरत जाडो विदामा घरघरमा वसिरहेका विद्यार्थीहरुले यो प्रतियोगिताका लागि आवेदन दिन पाउनेछन जसको लागि  ४० जना छात्राहरुमात्र समावेश गरिने छ साथै आवेदन र्फम यहि आउदो पौष २२ सम्म खुल्ला गरिएको थियो । राजधानीको विभिन्न स्कूलहरुवाट ६० जना सहभागीले आवेदन फारम भरेका थिए ।
उक्त प्रतियोगीताको निर्ण्ाायकको रुपमा शुभतारा स्कूलका शिक्षक प्रेम गुरुङ्, मिस इकलेज २०१०की विजेता सलोनी नुमाफुकी इकलेज २०१० की सेकेन्डरनरअप नमिता आचार्य ,एसएलसि प्रिन्सेजकी विजेता परिक्रमा राइ र कोरीयोग्राफर रोजीन शाक्य ले निर्ण्ाायकको भुमीका निर्वाह गर्नु भएको थियो ।


  प्रतियोगीताका लागि छनौट भएका प्रतियोगीहरुलाई पौष २४ गतेवाट भृकुटी मण्डप स्थित नेपाल पुलीस हेल्थ क्लवमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतियोगीहरुलाई शैक्षिक परामर्स, फोटो सेसन  व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न धार्मिक पर्यटकीय तथा सामाजिक संस्थाहरुको संस्थागत भ्रमण र काभ्रे स्थित गरिव वाल सुधार मन्च लाई वालवालिकाहरु द्धारा सहयोग प्रदान गरिने छ अन्य ठाउहरु , वाल आश्रम, चिडीयाखाना भृकुटीमन्डप फन पार्क, त्रिडी चलचित्र गोदावारी विभिन्न जातजातीलगायत राष्ट्रिय संग्रालयहरु , कल्चरल भिजीट र अन्य विभिन्न स्थानहरुकोे भ्रमण साथै वालवालिकाको हक अधिकार सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फेन्स , क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन् ।
प्रतियोगीहरुको टया्लेन्ट राउण्ड पर्यटन वोर्डमा  हुने छ भने माघको दोस्रो साता  काठमान्डौमा अन्तिम प्रतिस्पर््रधा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले जुनीयर स्कुल प्रिन्सेजको उपाधि सहित स्कूल फि स्कलरसिप, ल्यापटप, स्कुल व्याग साइकल गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ल्यापटप अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ ।
 

सम्बन्धित समाचारहरु