सृष्टिले जितिन मिस नेपालको ताज
सृष्टिले जितिन मिस नेपालको ताज
Added: 2012 May 07

मिस नेपाल २०१२ को उपाधी चितवनकी २३ बषिर्या सृष्टि श्रेष्ठले हात पारेकी छन् । आइतवार अबेर राती सम्पन्न प्रतियोगितामा उनले १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज हात पारेकी हुन् ।

उपाधीसँगै उनले यस बर्ष चीनमा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा भाग लिन पाउनेछिन् । यस्तै काठमाण्डौंकी नग्मा श्रेष्ठ फष्ट रनअरअप र ललितपुरकी सुभेच्छा खड्काले सेकेन्ड रनरअपको उपाधी पाएका छन् । उनीहरुले क्रमशः मिस अर्थ र मिस वल्र्ड इन्टरनेशलमा भाग लिन पाउनेछन् ।उपाधी जितेसँगै १७ औं मिस नेपाल सृष्टिले आफ्ना सानैदेखिको सपना साकार भएको बताइन् । ५ फिट ९ इन्च अग्ली सृष्टिलाई दर्शक तथा संचारमाध्यमले सुरुदेखिनै मुख्य दावेबारको रुपमा प्रस्तुत गरेका थिए । बाबुआमासँगै बेलायतमा हुर्केकी श्रेष्ठ प्रतियोगितामा भाग लिन नेपाल आएकी थिइन् । बेलायतमै मोडलिङ दुनियांमा रमाइसकेकी सृष्टिले ब्यबसायीक मोडलको परिचय बनाइसकेकी छिन् ।

अबको एक बर्ष नेपालमै रहने सृष्टिले यसवीचमा नेपाल बुझ्ने र डब्लुडब्लुएफको संरक्षण दूतका रुपमा काम गर्ने योजना बनाएकी छन् । जितेसँगै उनले हिरो होण्डा स्कुटर र ५० हजार नगद पुरस्कार पाएकी छिन् ।

सम्बन्धित समाचारहरु