राजधानीमा अफ्रिकी फिल्म फेष्टिवल शुरु हुंदै
राजधानीमा अफ्रिकी फिल्म फेष्टिवल शुरु हुंदै
Added: 2012 June 25

असार ११, काठमाडौं । राजधानीमा आजवाट अफ्रिकी फिल्मी महोत्सव सुरु हुँदै छ ।

रसियन संस्कृति केन्द्रमा सञ्चालन हुने महोत्सवमा ९ ओटा अफ्रिकी मुलका ११ ओटा चलचित्र प्रस्तुत गरिने आयोजक कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले जनाएको छ । अफ्रिकी मुलुकवाट प्राप्त ४० वटा चलचित्रमध्ये ११ वटा छनोटमा परेका हुन् ।

महोत्सवमा एक रुसी र एक नेपाली चलचित्र पनि प्रदर्शन गरिने वताईएको छ । महोत्सवमा नेपाली चलचित्र दासढुंगा प्रदर्शन गरिने भएको हो । शसस्त्र द्धन्द, भौगोलिक विकटता, गरिबी, अन्धविश्वास, अशिक्षा, भ्रष्टाचार तथा राजनीतिक अस्थिरताजस्ता थुप्रै समस्यामा नेपाल र अफ्रिकी मुलुकहरुवीच समानता पाईन्छ ।

महोत्सवमा चलचित्र अवलोकनका लागि २ सय रुपैयाँ तोकीएको आयोजकले जानकारी दिएको छ । यस प्रकारका महोत्सवले विभिन्न देशसँगका सम्बन्ध विस्तार र संस्कृतिको बारेमा जानकारी लिन सहज हुने आयोजकको विश्वास छ ।


सम्बन्धित समाचारहरु