रापती म्यूजिक अवार्ड २०६९ को मनोनयन सार्वजनिक
रापती म्यूजिक अवार्ड २०६९ को मनोनयन सार्वजनिक
Added: 2012 July 07

असार २३, काठमाडौ । साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण एवं प्रवर्धनमा क्रियाशिल रापती समाज काठमाण्डौले बर्षेनी आयोजना गर्दै आएको रापती म्यूजिक अवार्ड अन्तर्गत यस वर्षको मनोनयन सार्वजनिक गरेको छ ।

राजधानीमा एक समारोहकावीच प्रारम्भीक छनौटमा परेका संगीत क्षेत्रका बिभिन्न १९ विधाका उत्कृष्ट ५  मनोनयनहरु सार्वजनिक गरीएको हो । अवार्डको अन्तिम नतिजा भने आगामी साउन २७ गते राष्ट्रिय नाचघर जमलमा विशेष समारोह गरि  सार्वजनिक गरिने समाजका महासचिव शशि शर्मा मजगैंयाले जानकारी दिनुभयो । रापती अञ्चलभित्रका स्रष्टा र सृजनालाई विशेष सम्मान र प्रोत्साहन गर्नका लागि हरेक वर्ष अवार्ड प्रदान गरिंदै आएको उहांले वताउनुभयो ।

मनोनयन सार्वजनिक समारोहमा समाजका अध्यक्ष एकराज आचार्य, लोक गायीका चन्द्रकला शाह , निर्णायक समितिका सदस्यद्धय गायीका कोमल ओली र संगीतकार बि.बि अनुरागी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष चन्द्र शर्मा, प्रेश युनियनका पुर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा लगायतकाले मनोनित स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गर्नृभएको थियो । सो अबसरमा बरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई राप्ती साहित्य परिषद् दाङले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

मनोनयन सार्वजनिक समारोहमा साहित्यकार दामोदर बटुवा, निर्णायक समितिका संयोजक एवं चलचित्र पत्रकार शान्तिप्रिय , समाजका उपाध्यक्ष प्रेमप्रकाश ओली लगायतले बोलेका थिए । समाजका अध्यक्ष एकराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण आयोजक संस्थाका महासचिव मजगैंयाले गर्नृभएको थियो ।

सम्बन्धित समाचारहरु