सुन्दरीले देखाए प्रतिभा
सुन्दरीले देखाए प्रतिभा
Added: 2012 August 27



दोश्रो मिस ग्लोवल इन्टरनेशनल-२०१२ मा प्रतिस्पर्धारत १७ युवतीले शनिबार आफूमा अन्तरनिहित प्रतिभा पर््रदर्शन गरेका छन् । मोडल ग्लोवल भिसाज कन्सल्टेन्सीले आयोजना गरेको प्रतियोगीताको ट्यालेन्ट शो राउण्ड अन्तगर्त उनीहरुले आफ्नो प्रतिभा पर््रदर्शन गरेका हुन् ।
ट्यालेन्ट शो राउण्डमा अधिकांश प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरेका थिए । केहीले गीत गाएका थिए भने केहीले अभिनय प्रस्तुति पस्कीएका थिए । शोमा प्रतियोगी पेमा तामाङले कत्थक नृत्य प्रस्तुत गरिन् । अर्की प्रतियोगी शुभेच्छा र्राईले र्‍याप डान्स देखाइन् । त्यस्तै, सेलीना नकर्मीले नेपाली संस्कृति झल्कने पोशाकमा नृत्य गरेकी थिइन् । समीक्षा सिटौला, पेमा शर्ेपा, सृजना श्रेष्ठ, सुम्निमा श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुप्रभा कुवर, करुणा खड्का र सोनू थापा, रोशनी अधिकारी र प्रिया सिग्देलले नृत्य प्रस्तुत गरेका थिए । बिपश्यना बैद्यले किवोर्ड बजाउने प्रतिभा देखाएकी थिइन् भने रश्मिता भण्डारीले ग्वोलव वार्मीङका बारेमा स्पीच दिएकी थिइन् । उत्साह शर्माले साल्सा नृत्य पस्केकी थिइन् । त्यसैगरी अर्की प्रतिस्पर्धी प्रियंका भण्डारीले भने गीत गाउनुका साथै डान्स पनि गरेकी थिइन् ।
ट्यालेन्ट शोको निर्ण्ाायकमा गायिका माण्डवी त्रिपाठी र संचारकर्मी शिरोमणि दवाडी थिए । प्रतियोगीतामा शर्ीष्ा सहित बेष्ट मार्केटिङ, मिस पर्सनालीटी, मिस फोटोजेनीक,  मिस ट्यालेन्ट, मिस डे्रस, मिस प|mेण्डसीप, मिस वेष्ट वाक र बेष्ट फिगर गरी १२ बिधामा उपाधि प्रदान गरिने छ । शर्ीष्ा उपाधि जित्नेले दर्ुइ लाख नगद र बिदेश अध्ययनका लागि एअर टिकट, दोश्रो हुनेले ८० हजार नगद र बिदेश अध्ययनका लागि एअर टिकट प्राप्त गर्ने छन् । त्यस्तै, तेश्रो उपाधि प्राप्त गर्नेेलाई ४० हजार नगद पुरस्कार र बिदेश अध्ययनका लागि हवाइ टिकट प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष मनोज पाण्डेले बताएका छन् । बेष्ट मार्केटिङ उपाधि बिजेतालाई दर्ुइ लाख नगद र बिदेश अध्ययनका लागि हवाइ टिकट उपलब्ध गराइने पनि आयोजकले जनाएको छ । प्रतियोगीताको फाइनल स्पर्धा भदौ १८ गते राजधानीको आर्मी अफिर्सस क्लबमा हुनेछ ।
 

सम्बन्धित समाचारहरु