प्रियंका भइन् मिस ग्लोवल इन्टरनेशनल
प्रियंका भइन् मिस ग्लोवल इन्टरनेशनल
Added: 2012 September 03


काठमाडौं/  मिस ग्लोवल इन्टरनेशनल–२०१२ को शीर्ष उपाधि प्रियंका भण्डारीले जितेकी छिन् । मोडल ग्लोवल भिसाज कन्सल्टेन्सीको आयोजनामा सोमबार राजधानीको आर्मी अफिसर्स क्लवमा सम्पन्न फाइनल स्पर्धामा धुम्वाराहीकी १७ बर्षीया प्रियंकाले आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
बिभिन्न १३ बिधामा उपाधि प्रदान गरिएको प्रतियोगीतामा  प्रिया सिग्देल फस्ट रनरअप घोषित भइन् भने  सोनू थापा मगरले सेकेन्ड रनरअपका साथै मिस ट्यालेन्ट र मिस फ्रेन्डसीपको उपाधि जितीन् । प्रतियोगीतामा सेलीना नकर्मी मिस डिसीप्लीन, रोशनी अधिकारी मिस इन्टेलीजेन्स, सृष्टि श्रेष्ठ मिस पपुलारिटी,सुम्निमा श्रेष्ठ बेष्ट सोसल वर्क, सुप्रभा कुवर मिस क्याटवाक, समीक्षा सिटौला मिस फोटोजेनीक र बिपशयना बैद्य वेष्ट ड्रेस घोषित भए । दुई लाख रुपैया नगद पुरस्कारको मिस बेष्ट मार्केटिङको उपाधि भने शुभेच्छा राईले जितिन् ।
प्याव्सनका अध्यक्ष डा.बाबुराम पोखरेल प्रमुख अतिथि रहेको प्रतियोगीताको निर्णायकमा मेघा बैकका सिइओ अनिल शाह,पूर्वमिस नेपाल मनिला जोशी, फोटोपत्रकार  बिकास रौनीयार र एनवी बैकका सिइयो ज्ञानेन्द्र ढुंगाना थिए ।
शीर्ष उपाधि बिजेता प्रियंकालाई पहिलो मिस ग्लोवल इन्टरनेशनल दीक्षा लामाले क्राउन पहिऱ्याइदिएकी थिइन् । प्रियंकाले उपाधिसहित दुई लाख , फस्ट रनरअप प्रियाले ५० हजार र सेकेन्ड रनरअप सोनुले ३० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगीता निकै भब्यताका साथ सम्पन्न भएको आयोजक संस्थाका प्रमुख मनोज पाण्डेले बताए । शीर्ष तीन बिजेतालाई पुरस्कार स्वरुप बिदेश अध्ययनका लागि हवाइ टिकट पनि प्रदान गरिएको छ ।
 

सम्बन्धित समाचारहरु