मेरो खवरले ग्ाायक सिताराम पोखरेलसंग गरेको कुराकानी
मेरो खवरले ग्ाायक सिताराम पोखरेलसंग गरेको कुराकानी
Added: 2011 October 23

ग्ाायक सिताराम पोखरेलको नया एल्वम सम्मान हालै मात्र वजारमा आएको छ । कहिले आधुनिक कहिले पप र कहिले रीमिक्स गीत गायर चर्चामा आउने गायक पोखरेलले उो एलवममा सुगम सग्ीतलाई समावेस गरेका छन । मेरो खवरले ग्ाायक सिताराम पोखरेलसंग गरेको कुराकानी

सम्मान कस्तो प्रकारको एल्वम हो ?

योएल्वम मेरो गितको एल्वमहरु भन्दा अलिक फरक छ रयसमा हरेक प्रकारको गीत राख्ने प्रयास गरेको छु ।

र अर्को शव्दमा भन्नु पर्दा "सम्मान" सुमधुरगीत/संगीतले भरिएको एकपटक सुन्नु पर्ने नेपाली आधुनिक गीतको संग्रह हो ।

तपाईको पहिलाको एल्वमहरु र यो एल्वम विच के फरक छ ?

खासै फरक त छैन गीत संगीत उस्तै हो तरपनि पहिलेको एल्वमहरुमा पप संगीतले प्राथमिकता पाएको थियो भने "सम्मान" मा नेपाली सुगम संगीतलाई समावेश गरिएको छ ।

एल्वमको नामा सम्मान राख्नुको कारण के हो ?

"सम्मान" नाम राख्नुको कारण म विगत २ दशक भन्दा वढि समय देखि संगीतमा लागिसकेको हुँदा नेपाली गीत/संगीतका स्रष्टाहरुको सम्मान नै एल्वम "सम्मान" हो ।

एल्वको प्रति श्रोता दर्शकको प्रतिक्रिया के पाउनु भएको छ ?

    एल्वमहरुको भिड भाडमा सम्मान वजारमा आएको १ महिना मात्र भएको हुँदा मूल्याकन गरिरहने समय नभएतापनि एफ.एम र टि.भि.हरुमा फर्माइस सुन्दा/हर्ेदा राम्रो छु भन्न सकिन्छ ।

म्युजिक भिडियो मा नायिका अनि मोडल हरु राख्नुको कारण ?

भिडिओमा मिस नेपाल र हीरोइनहरु राख्नुको कारण चाही गीतमा यथार्थता भाव आओस र काम चाडै लोकप्रीय होस भन्ने हेतु नै हो ।

यो एल्वम तपाइृको निरन्तरता हो कि केही फरक छ ?

मेरो विचारमा दुवै हो । यो एल्वम मेरो निरन्तरता हो र यसमा नयापन पनि समावेस छ ।

अहिले के मा व्यस्त हुनु हुन्छ ?

    अहिले म यहि एल्वम सम्मानको एफ.एम, टी.भि.र अन्य मिडिया लगायत जनमानसमा गई प्रचारप्रसारमा व्यस्त छु ।


   
 

सम्बन्धित समाचारहरु