राष्ट्रिय चलचित्र उधोगको संरक्षण नै मुख्य कारण
राष्ट्रिय चलचित्र उधोगको संरक्षण नै मुख्य कारण
Added: 2012 December 17


चलचित्र विकाश वोर्डमा रिक्त रहेको अध्यक्ष पद हाल सम्म पुर्ति नगरेको  र चलचित्र क्षेत्रको भबिष्य अन्यौल रहेको भन्दै निर्देशक समाजका अध्यक्ष बिमल पौडेल चलचित्र विकाश वोर्डमा आमरण अनसनमा वसेका छन । अनसनमा वसेका निर्देशक समाजका अध्यक्ष बिमल पौडेलसंग कलिउड खवरका लागि राज श्रेष्ठले गरेको कुराकानी

अनसन वस्नुको मुख्य कारण के होला ?
राष्ट्रिय चलचित्र उधोगको संरक्षण नै मुख्य कारण हो । यसमा हामीले चलचित्र संग सम्वन्धि  नौ वटा  मागहरु राखेका छौ । जसमा विकाश वोर्डको स्वायतता देखि लिएर प्रदर्शनको पक्षमा पारदर्सिता सम्म लाइ छोएका छौ । हामीले चलचित्र विकाश वोर्ड लगायत धरै ठाउमा विभिन्न मागहरु राख्यौ  िविभिनन ठाउमा मागका दसतावेज पनि राख्यौ । केह िमाग पुरा गर्न मनत्रालयमा पठाएको अवस्था छ । तर राज्यले मागको सम्वोधन नगरेको र पांच पांच महिना विकाश वोर्डलाइ अभिभावक विहिन वनाएको छ । यसले चलचित्र उधोग र चलचित्रकर्मीलाइ नैरास्यता उत्पन्न गराउने हुदा राज्यलाइ झकझक्याउने र अधिकार लिको लागि र विकाश वोडृ स्वायतता होस भन्नको  लागि अनसन वसेको हो ।


तपाइको ९ वटै माग पुरा होस भन्ने हो वा क्रमैसंग पुरा हुदै जावस भन्ने हो ?
यी मागहरु राज्यले चाहयो भने दुइदिनमै पुरा गर्न सक्ने  छ । राज्य सकारात्मक भयो भने तुरुन्त पुरा गर्न सक्छ । यसको लागि राज्ले पहल गर्नु पर्रयो ।


माग पुरा हुन्छ भन्नेमा कतिको आसावादी हुनुहुन्छ ?
आसा पनि हो र विश्सास पनि हो । हाम्रो माग पुरा गर्नु पर्ने हुन्छ  र माग पुरा गर्न चलचित्र क्षेत्रका सवै जनाको दवाव रहने छ । माग पुरा गरेरै छाडछौ ।


संघ सस्थाहरुले तपाइको माग जायज हो तर सरसल्लाह नगरी आमरण अनसनमा वस्नु भयो भन्छन नि ..
सर सल्लाह त गरेकै हो हिजोको दिनमा विभिन्न तरिका वाट कुरा उठाएकै हो तर नेतृव्त कसले गर्ने भन्ने कुरा हो । यसमा गुनासो पनि होला तर मैले चलचित्र क्षेत्रको लागि राखेको माग हो ।केही साथीहरु  चलचित्र उघोगको लागि माग पुरा गर्न आमत्दाह पनि गर्न सक्छौ भन्ने कुराहरु आइरहेको अवस्थामा आमरण अनसन पनि एउटा  रुप हो  ।


पछिल्लो समयमा विकाश वोर्डको अध्यक्षमा तपाइको नाम पनि आएको थियो र अध्यक्ष वन्ने निस्चित पनि थयो तर अर्को  व्यक्तिको नाम अध्यक्षमा आयपछि अनसन वसियो भन्ने हल्ला छ नि...
जुन कुरालाइ पनि सकारात्मक पक्षवाट हेर्दा राम्रो हुन्छ । नकारातमक रुपमा हेर्दा चलचित्र विकाश वोर्डको अध्यक्षमा मेरा मात्र नाम आएको हैन अरुको पनि आएको हो । कुरा त्यो विषय हैन अहिले मन्त्रालयले मलाइ नवनाउने भन्ने कुरा अफवाह हो । जसले चलचित्रकर्म गर्नु छैन तिनीहरुले चलाएको हल्ला हो । यो अनसनलाइ निस्कृय पार्ने प्रयास हो । वोर्डका अध्यक्ष को हुने र को नहुने भन्ने हैन याहा त चलचित्र क्षेत्रको भविष्यको कुरा छ । यो अनसन विकाश वार्ड अध्यक्ष संग सम्वन्ध नभएको कुरा हो ।


तपाइको अनसन माग पुरा भएपछि तोडिन्छ वा माग पुरा हने प्रतिवद्रता पछि तोडिन्छ ?
यसको लागि पहिला राज्य ले प्रतिवद्रता गर्नु पर्छ । र तत्कालै वा यति दिन भित्र पुरा गर्छौ भन्ने कुरा आयो भने मात्र अनसन तोडिन्छ । तपाइको मागको वारेमा हेरौला भन्ने जवाफ आएमा अनसन तोडिदैन ।

सम्बन्धित समाचारहरु