मनोरञ्जन र सामाजिक सन्देश दुवै छ इकु ब्याक अगेनमा । सागर लामिछाने/निर्देशक
मनोरञ्जन र सामाजिक सन्देश दुवै छ इकु ब्याक अगेनमा । सागर लामिछाने/निर्देशक
Added: 2012 April 18

मनोरञ्जन र सामाजिक सन्देश दुवै छ इकु ब्याक अगेनमा ।
सागर लामिछाने/निर्देशक
साभारःफिल्मी खवर साप्ताहिक
इकु ब्याक अगेन कस्तो चलचित्र हो -
यो चलचित्रभित्र मनोरञ्जनका अलावा धेरै त्यस्ता विषयलाई समेटिएको छ जसले सामाजिक अवस्थालाई मूल्यांकन गर्छ एवं हाम्रो संस्कृति र हाम्रो परिवेशलाई समेट्छ । राउटेका विषयवस्तुहरुलाई उजागर गर्छ । यस्ता धेरै कुराहरु यो चलचिभित्र छन् । समग्रमा मनोरञ्जन भए पनि सामाजिक सन्देश बोकेर यो चलचित्र निर्माण भएकेा छ ।


पहिलो इकुभन्दा यो चलचित्र के कुराले फरक छ -
पहिलो इकुलाई हामीले सामान्य मनोरञ्जनका लागि मात्रै निर्माण गरेका थियौं । तर यसपटक निर्माण गरिएको चलचित्र इकु ब्याक अगेनमा बालबालिकालाई लक्षित गर्नुको अलावा राउटेको जीवनशैली पनि हामीले उठाएका छौं । जसरी पहिलो चलचित्रमा इकु कहाँबाट आयो, कसरी आयो भन्नेजस्ता कुराहरु पनि त्यसै छोडिएको थियो । तर यसपटक त्यस्ता कुराहरु पनि समेटिएको छ । प्राविधक रुपले अथवा भनौं मेकिङका हिसाबले यसपटक हामीले धेरै महेनत गरेका छौं ।


लक्षित वर्ग बालबालिका नै हुन् त -
इकुको फ्यान हर्ेदा धेरै दर्शक बालबालिका नै छन् । यसैले हामीले बालबालिकालाई छोड्ने भन्ने प्रश्न आउँदैन । तर चलचित्र इकु ब्याक अगेन बालबालिकाको अलावा पनि अन्य वर्गका दर्शकले समेत हर्ेर्ने उपयुक्त चलचित्र हो । हामीले चलचित्र इकु ब्याक अगेनमा इकुको कथालाई मात्र नसमेटेर राउटेको जीवनशैली यसकारण पछ्याएका हौं कि इकु र राउटेको शैली कतिपय हिसाबमा मिल्दा पनि रहेछन् । यसकारणले इकुको प्रमाणिकरणका लागि पनि राउटेको जीवनशैली आवश्यक थियो । साथसाथै यस चलचित्रमा हामीले क्यारभानका प्रसिद्ध कलाकार थिन्लेलाई पनि अभिनय गराउने मौका पाएका छौं । जुन कारणले गर्दा चलचित्र अझै हर्ेनलायक भएकेा छ । मुख्यतया चलचित्रले दिने भनेको मनोरञ्जन हो । तर मनोरञ्जनको साथसाथै सामाजिक चित्रण एवं सामाजिक सन्देश इकु ब्याक अगेनले लिएको छ ।


१५ गते रिलिज गर्ने भनिएको चलचित्र ८ गते किन सारियो -
पर््रदर्शनको व्यवस्था हामीले चाहेअनुसार मात्र हुँदैन । पर््रदर्शक र हाम्रो सामान्जस्यतामा रिलिज डेट घोषणा गर्ने हो । त्यहीँमाथि यतिखेर विद्यार्थीहरु जाँच सकेर विदा मनाइरहेका छन् । जति पछाडि रिलिज गर्‍यो त्यति त्यति नै स्कुलहरु खुल्दै जान्छन् र हाम्रा दर्शकलाई चलचित्र हर्ेन अप्ठ्यारो पर्छ । यस अवस्थामा एक हप्ता अगाडि आएको हाम्रो डेट विद्यार्थीका लागि एकदमै उपयुक्त छ । यसका दर्शक बढीजसो बालबालिका भएका कारणले त्यो हिसाबमा बैशाख ८ अझै उपयुक्त हुन्छ । एकहप्ता अगाडि सरेकोले अकस्मात् हामीले व्यवस्थापनको काम पनि छिटोछिटो सकाउनुपरेकोले त्यतातर्फभने हामी सबै लागिरहेका छौं । आशा छ ८ गतेदेखि र्सार्वजनिक पर््रदर्शनमा आउँदै गरेको यो चलचित्र सम्पर्ूण्ा दर्शकवर्गले हर्ेर्नुहुनेछ र इकु ब्याक अगेनलाई सफल बनाइदिनुहुनेछ ।


तपाईंको कामको हिसाबमा कस्तो भएको छ इकु ब्याक अगेन -
मैले आफ्नो सम्पर्ूण्ा मेहनत इकु ब्याक अगेनमा लगाएको छु । यसो त चलचित्र निर्माण भनेको टिमवर्कको काम हो । स्पटब्वाइदेखि निर्माता निर्देशकसम्म सबैले उत्तिकै मेहनतका साथ काम गर्नुपर्छ र एउटा चलचित्र राम्रो बन्छ । यस हिसाबमा हाम्रो टिमले सम्पर्ूण्ा मेहनत इकु ब्याक अगेनमा लगाएका छौं । जसरी इकु सफल भएको थियो त्यही हिसाबमा इकु ब्याक अगेन पनि सफल हुन्छ भन्ने विश्वास हामीले लिएका छौं । ५२ सालदेखि म यो क्षेत्रमा क्रियाशील छु । १५/१६ वटा चलचित्रको मुख्य सहायक निर्देशक भएर मैले काम गरिसकेको छु । साथसाथै बम्बइमा गएर पनि मैले थुप्रै सिरियलमा काम गरेँ । त्यहाँ पनि मुख्य सहायक निर्देशक भएर नै काम गरेको हुँ । र अघिल्लोपटक इकु ब्याक अगेनमा मैले गरेको काम त सबैले देखिसक्नुभएको छ र चलचित्र मन पराइदिएर मलाई सफल पनि बनाइदिनुभएको छ । यस हिसाबमा मैले जानेको, बुझेको र अनुभव गरेकेा कुरालाई इकु ब्याक अगेनमा फेरी एकपटक मेहनतका साथ आफ्नो काम देखाउने प्रयास गरेको छु । आशा छ दर्शकहरुले चलचित्रलाई सफल बनाइदिएर म एवं हाम्रो टिमलाई सफल बनाइदिनुहुनेछ ।


अन्त्यमा भन्ने कुरा के छ -
सुलेमान शंकर इकु आफ्नै दर्शक भएको एउटा हाँस्य कलाकार हो । तर चलचित्र इकु ब्याक अगेनलाई हामीले हाँस्य चलचित्रका रुपमा मात्रै निर्माण गरेका छैनौं । चलचित्रका माध्यमले सामाजिक सन्देश प्रवाह गर्ने र मनोरञ्जन पनि उत्तिकै पर्याप्त रुपमा दिनुपर्ने चुनौती हामीसँग थियो । यस हिसाबमा यो चुनौतिलाई स्वीकार गरेर हामीले काम गरेका छौं । यसका छायाँकार पुरुषोत्तम प्रधान निकै राम्रा छायाँकार हुन् । उनको साथले पनि चलचित्र राम्रो बनाउन सहयोग गरेको छ । चलचित्रका कलाकार प्राविधिक सबैको सहयोगले इकु ब्याक अगेन राम्रो बनेको छ र ८ गतेदेखि पर््रदर्शनमा आउँदै गरेको यो चलचित्र सबै दर्शकवर्गबाट हेदिदिएर हामीलाई विश्वास गरिदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

 



अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास थियो
जया शंकर, अभिनेत्री
चलचित्र इकु ब्याक अगेनबाट आफूलाई अभिनेत्रीको रुपमा उभ्याउन पाउँदा तपाईंलाई कस्तो लागेको छ -
पक्कै पनि मलाई खुशी लागेको छ । यो चलचित्रमा म डेब्यू बनेर आउँदैछु । र भोलि दर्शकहरुले मलाई कुन रुपमा स्वीकार्नुहुन्छ भन्ने कुरा खुल्दुली जागेको छ । र यसको जति ठाउँमा च्यारिटी एवं प्रिमियरहरु गरियो ती सबैमा चलचित्र हेरिसकेर निस्किसकेपछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको छु । पक्कै पनि एउटा चलचित्र खेल्दा त्यो चलचित्रको सफलता, असफलता के हुन्छ भन्ने कुरा आफ्नो भाग्यमा पनि निर्धारित हुने हुँदा चलचित्र खेलिसकेपछि त्यसपछि चासो बढ्नु स्वाभाविक हो । त्यहीँमाथि यो आफ्नै होम प्रोडक्सनको भएको कारणले गर्दा पनि यसमा थप जिम्मेवारीहरु पनि थिए । एउटा कलाकारको व्यवसायिक सफलता र असफलता सँगसँगै चलचित्रको सफलता र असफलताले प्रभाव पार्ने हुँदा म यसबाट अति नै आशावादी छु । वैशाख ८ बाट देशभर एकसाथ पर््रदर्शन हुँदै गरेको यो चलचित्र सफल हुनेछ र म पनि एउटा सफल कलाकारको रुपमा दह्रिनेछु भन्ने आशा दर्शकहरुसँग राखेको छु । र्


दर्शकहरुले इकु ब्याक अगेनलाई मन पराउने कुरामा विश्वस्त हुनुहुन्छ -
पक्कै पनि विश्वस्त छु । हाम्रो टिमवर्कले राम्रो मनोरञ्जक चलचित्र बनाएको छ । मेहनतको फल सधैँ मिठो हुन्छ भन्छन् । यस हिसाबमा चलचित्र इकु ब्याक अगेन पनि सफल चलचित्रको रुपमा प्रमाणित हुनेछ भन्ने कुरामा म ढुक्क छु । यसका निर्देशकदेखि लिएर प्राविधिक एवं कलाकार सबैले राम्रो बनाउने प्रयास गरिएको छ । त्यहीँमाथि इकुका आफ्नै फ्यान पनि छन् । पहिलो चलचित्र इकु जस्तै इकु ब्याक अगेन पनि फेरि दर्शकहरुमा सफल चलचित्रको रुपमा आउनेछ ।


चलचित्रका बारेमा तपाईंले भन्ने कुरा के छ -
यही चलचित्र इकु ब्याक अगेनमार्फ म अभिनेत्रीको रुपमा आएको छु । चलचित्रलाई सफल बनाइदिएर मलाई पनि सफल बनाइदिने दायित्व अब दर्शकहरुसँग छ । म एउटा नयाँ कलाकार हुँ, तर मैले चलचित्र राम्रो गर्नका लागि आफूले गर्न सकेजतिको मेहनत पुरै रुपमा गरेको छु । यसका निर्देशक सागर लामिछाने, छायाँकार पुरुषोत्तम प्रधान एवं मेरा श्रीमान एवं कलाकार सुलेमान शंकर इकुले मलाई चलचित्र गर्नका लागि जुन प्रोत्साहित गर्नुभयो र उहाँहरुले अभिनेत्री बनाएर ममाथि जुन विश्वास गर्नुभयो त्यो मैले पर्ूण्ा रुपमा पालना गरेको छु भन्ने मैले ठानेको छु ।


कलाकार बन्छु भन्ने पहिले नै सोच थियो -
यसरी अपर्झ नै अभिनेत्री बनिहाल्छु भन्ने चाहिँ सोचेको थिइनँ । केही म्यूजिक भिडियोहरुमासमेत अभिनय गरिसकेको कारणले आफूले अभिनय गर्न सक्छु भन्ने चाहिँ विश्वास थियो तर त्यसका लागि समय लाग्न पनि सक्थ्यो । तर अपर्झ रुपमा म इकु ब्याक अगेनमा अभिनेत्री बन्न पुगेँ र अब यो अवसरलाई दर्शकहरुले सफलतामा परिणत बनाइदिनुहोला भन्ने विश्वास छ ।

चलचित्र राम्रो बनाउन कुनै कसुर बाँकी राखेका छैनौं
शुलेमान शंकर इकु, निर्माता/अभिनेता
इकु ब्याक अगेन सफल हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ -
म टेलिभिजनबाट चिनिएको कलाकार हुँ र दर्शकहरुले मलाई सुलेमान शंकरबाट भन्दा पनि इकु भनेर नै चिन्नुहुन्छ । यही सफलतालाई दर्शकहरुसँग बाँड्ने हिसाबले मैले इकु नामक चलचित्र बनाएँ । त्यो चलचित्र निकै सफल पनि भयो । यसैबाट हौसिएर मैले अहिले फेरि इकु ब्याक अगेन लिएर दर्शकहरु समक्ष आएको छु । यस हिसाबमा दर्शकहरुको उत्साह देखेर म सफल हुने कुरामा विश्वस्त छु । यसै चलचित्रको पब्लिसिटीका लागि देशका विभिन्न भाग पनि पुगेँ । सांस्कृतिक कार्यक्रमहरुमा सहभागी पनि भएँ । त्यहाँका दर्शकहरुले इकु ब्याक अगेन कहिले आउँछ भनेर सोध्नुभयो । धेरै दर्शकहरुले इकुका डायलग बोल्न लगाउनुभयो । यस हिसाबमा पनि दर्शकहरुको उत्साह कायम छ भन्ने कुरा मैले बुझेँ । आशा छ ८ गतेदेखि चल्दै गरेको चलचित्र इकु ब्याक अगेन सफल हुनेछ ।


पहिले त १५ गते लगाउने कुरा थियो फेरी ८ गते भए छ -
हाम्रो लक्षित दर्शक सम्पर्ूण्ा भए पनि विद्यार्थीहरु विशेषगरी हाम्रो चलचित्रको फ्यान हुनुहुन्छ । यतिखेर प्राय विद्यार्थीहरु जाँच दिएर घर बसेको अवस्था छ । नयाँ सेसन सुरु भइसकेको छैन । यही विदाको मौकामा इकु लगाउन पायो भने दर्शकहरुलाई समेत सजिलो हुन्छ भनेर हामीले एक हप्ता वर सारेका हौं । बाल दर्शकदेखि लिएर बृद्ध दर्शकसम्म इकु ब्याक अगेन मनोरञ्जक चलचित्रको रुपमा मन पराउनुहुन्छ भन्ने विश्वास हामीलाई छ । यस हिसाबमा दर्शकहरुको हितलाई मध्यनजर गरेर बैशाख १५ बाट ८ मा आए पनि सफल हुने कुरामा कुनै दर्ुइमत छैन ।


कस्तो छ त इकु ब्याक अगेन -
पहिलो चलचित्र भन्दा यो चलचित्र निकै राम्रो बनेको छ । प्राविधिक हिसाबदेखि सबै कुरामा हामीले ध्यान दिएका छौं । राउटेको जीवनशैलीलाई चलचित्रमा उतारेका छौं । चलचित्र  आफैंमा मनोरञ्जन हो नै । अझै यो चलचित्र राम्रो बनाउनका लागि हामीले कुनै कसुर बाँकी राखेका छैनौं र मनोरञ्जनका हिसाबमा सामाजिक सन्देश प्रवाहित गर्ने उद्देश्यले इकु ब्याक अगेन तयार भएको छ । निर्देशकदेखि लिएर कलाकार प्राविधिक सबैले उत्तिकै मेहनत गर्नुभएको छ । दर्शकहरुको उत्साह कायम छ । यस हिसाबमा चलचित्रलाई पनि राम्रो बनाइएको छ । र्
दर्शकलाई भन्ने कुरा -
बैशाख ८ गतेदेखि चलचित्र इकु ब्याक अगेन लाग्दैछ । सम्पर्ूण्ा दर्शकहरुलाई यो चलचित्र मनोरञ्जकका साथसाथै सामाजिक, सांस्कृतिक एवं सन्देशप्रधान भएकाले हेरेर मूल्यांकन एवं प्रतिक्रिया प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
 

सम्बन्धित समाचारहरु