
अहिले नेपाली चलचित्र क्षेत्रमा चलचित्र सम्झी राख है को संगीतको खुवै चर्चा छ । जुन चलचित्रलाइ संगीत दिएका छन युवा संगीतकार दिपक शर्माले । अहिलेका चर्चित युवा संगीतकार दिपक शर्मासंग मेरो खवरले गरेको कुराकानी
१. चलचित्र सम्झीराख है मा कस्तो प्रकारको संगीत छ -
टिपिकल नेपालीपनलाई फ्यूजन गरेको छु । लोकलयमा आधारित रहेर गरेको आँधिखोला उर्लीएर टारी खेतलाई हान्यो,भ्ान्ने गित चर्चामा छ ।
२.सम्झीराख है मा संगीत दिनुको कारण -
राम्रो ब्यानर र चलचित्रको विषयबस्तु मनपरेकोले र टिमवर्कको राम्रो तालमेल भएको कारणले मैले संगीत दिन चाहे ।
३. अहिले नेपाली संगीत बजारमा विदेशी संगीतको कपी हुन थालेको छ नि हो -
ठ्याक्कै त्यसै भन्न मिल्दैन केही गित प्रभावीत हुनु आफ्नो ठाउँमा छ तर सबै नेपाली गीत विदेशी संगीतको कपी छैनन् । नेपालीपनलाई बुझेर अर्न्तराष्ट्रिय स्तरको संगीतको निमार्ण्र्ाार्नु नै अहिलेको पिढिको चाहाना भएकाले केही हदसम्म हामी संगीतकारले पनि वर्तमान संागीतक चाहाना अनुरुप संगीत निर्माण गर्नु पर्छ ।
४. यस क्षेत्रमा लाग्न कतिको ग्राहो भयो -
म नेपालकै दर्ुगम जिल्ला म्याग्दी र म्याग्दीकै दर्ुगम ठाउँबाट सांगीतीक फाँटलाई केही देन दिन सकु भन्ने चाहानाले २०६० सालमा काठमाडौं छिरेको हुँ । सुरुका दिनहरु बुझेर वा नबुझेर केही दुःख त झेल्नु पर्यो नै तर २०६३ सालमा चलचित्र तेजाब ०६४ सालमा चलचित्र तहल्का डट कम र धमाका जस्ता चलचित्रमा मैले संगीत गर्ने अवसर पाएको थिए । र गरे पनि त्यही आधारले नै मैले चलचित्रको तालमेल बुझ्ने अवसर पाए हुन त मैले गरेका आधुनिक गीत र पप गीतहरुले पनि राम्रै बजार लिन सफल भएको कारणले चुनौती त थियो नै तर मन बचन कर्मले गरेको हुनाले त्यती ग्राहो भएको अनुभुति मलाई भएन ।
५. संगीत नै रोज्नुको कारण -त्यसमा पनि चलचित्रको संगीत रोज्नुको कारण -
मैले चलचित्र मात्रै नभएर आधुनिक गीतहरुपनि गर्छु, जस्तै मलाई आफ्नो बनाएर,रुवाएरै गयौ तिमी, जिन्दगीकै सवाल हुन्छ, रुदैं हुन्छ्यौ जहिले पनि लगायत गीतहरु राम्रै भए । जसले गर्दा मलाई संागीतीक क्षेत्रमा मलाई संगीत गर्ने उत्साह झनै बढ्यो र चलचित्रको संगीत गर्दा भित्र देखि नै आनन्द आउने भएकोले चलचित्रको संगीत पनि रोजेको हुँ ।
६. चलचित्रमा संग्ाीत गर्दा मलाई यस्तो चलचित्रको गीत जस्तो भनेर निर्माता निर्देशकले कत्तिको दवाब दिन्छन् -
मेरा र्रर्ेकडिङ भएका गीत आज सम्म दर्ूइ सय नाघे पनि चलचित्रमा आज सम्म त्यस्तै २५ देखि तिस वटा सम्म गीत र्रर्ेकडिङ भए त्ाी ग्ाीतहरुको संगीत गर्दा मलाई उहाँहरुले गीतको पृष्ट भूमी यस्तो हुनर्ुपर्छ भने पनि मलाई दवाब भने अहिले सम्म दिनुभएको छैन ।
७. अन्त्यमा केही -
पछिल्लो समयमा मैले संगीत गरेको चलचित्र अर्पिलफूल सुटिङको क्रममा छ अरु केही चलचित्रको संगीत गर्ने कुरा भइरहेको छ । मलाई आशा छ नेपाली स्रोताहरुले मेरा संगीतलाई माया गरीदिनुहुनेछ । अन्त्यमा पाइरेसी बन्द होस राम्रा संगीतले स्थान पाउन सांगीतीक क्षेत्रलाई यहि मेरो शुभकामना सहित नेपाली विदेशी भन्दा नेपाली गीत संगीतलाई माया गरी प्राथमिकतामा राखिदिनहुन अनुरोध गर्दछु ।
धन्यवाद