मान्छेको जीवन वजारमा पाउने आलु हैन यो त अमुल्य जीवन हो :राम प्रसाद रिजाल
मान्छेको जीवन वजारमा पाउने आलु हैन यो त अमुल्य जीवन हो :राम प्रसाद रिजाल
Added: 2012 July 14

कसम जस्तो सफल चलचित्रको निर्माण गरिसकेको रिजाल एण्ड रिजाल प्रोडक्सनको व्यानरमा राम प्रसाद रिजालको निर्माण र लक्ष्मण रिजालको निर्देशन रहेको चलचित्र धुुवा यो नशा यहि भाद्र १५ गते देखि पर््रदर्शन हुने भएको छ । आर्यन सिग्देल, निशा अधिकारी आदिको मुख्य अभिनय रहेको यस चलचित्र पछिललो समयको वहुप्रतिक्षित चलचित्र हो । यस चलचत्रिका निर्माता राम प्रसाद रिजाल संग मेरोखवरले गरेको कुराकानी

१. यो कस्तो प्रकारको फिल्म हो ?
नेपाली चलचित्र क्षेत्रमा अहिले केही फरक खालको चलचित्रको माग भएको छ । त्यसै अनुरुप को एक पटक हर्नै पर्ने चलचत्रि हो ।
२. तपाइले यो फिल्ममा काम गर्नाको कारण के हो ?
म सन्देश मुलक चलचित्र निर्माण गर्ने निर्माता हो । त्यसैले यो चलचित्र धुवा एक नशामा पनि केही न केही सन्देश दिन खोजिएकोले यो विषय वस्तुमा काम गरेको हो ।
३. यो फिल्ममा के कुरालाइ देखाउन खाजिएको छ  ?
अमुल्य रुपमा पाएको यो जीवन भनेको धुवा हैन यस लाइ हावामा उडाएर फाल्नु हुन्न । मान्छेको जीवन वजारमा पाउने आलु हैन यो त अमुल्य जीवन हो भन्ने कुरालाइ देखाउन खोजिएको छ ।
४. यो फिल्मवाट कस्तो प्रकारको अपेक्षा गर्नु भएको छ ?
यस चलचित्रमा हामीले राम्रो काम गरेका छौ । फिल्म राम्ो वनाउन कुनै पनि कसर वाकि राखेका छैनौ । र चलचित्र वाट पनि राम्रो फलको आशा गरेका छौ ।
 

सम्बन्धित समाचारहरु