नरेश फुयाँल जेष्ठ–१३,काठमाण्डौ । दलहरुबिच संविधानका बिबादित बिषयमा सहमती हुन नसकेपछि बिहान ११ बजेका लागी बोलाइएको संविधान सभाको बैठक सांझ ५ बजेसम्मका लागी स्थगीत गरिएको छ ।
बिजेनेश नपउदा संविधान सभाको बैठक लगातार सूचना टांसेर स्थगीत हुदै आएको छ । यस्तै आजै बिहानका लागी बोलाइएको ब्यबस्थावपीका संसदको बैठक पनि अहिलेसम्म बस्न सकेको छैन ।
यसैगरी मध्यान्ह वस्ने तय गरिएको बैठक संविधानसभा संवैधानिक समितिको बैठक दिउंसो १ वजेका लागि सारिए पनि अझै सुरु हुन सकेको छैन । वैठकले संविधान निर्माणका विवादित विÈयमा विवाद समाधान उपसमितिले तयार पारेको कार्यदलले बनाएको प्रश्नावलीलाई अन्तिम रुप दिईने वताईएको छ ।
विवादित विÈयलाई सुची बनाउने जिम्मा पाएको कार्यदलले विभिन्न बिÈयका १ सय १७ बुदाको सूचि तयार पारी उपसमितिलाई बुझाएको छ ।