शिर्ष दलको बैठक सकारात्मक; खनाल
शिर्ष दलको बैठक सकारात्मक; खनाल
Added: 2012 May 27

नरेश फुयाँल,वसन्त शर्मा, जेष्ठ–१४ काठमाण्डौ । संविधानसभाको म्याद सकिन केही घण्टामात्र वांकी रहेका वेला निर्णायक छलफलमा जुटेका शिर्ष राजनीतिक शक्तिहरुको बैठक सकारात्मक रुपमा अघी बढेको नेताहरुले प्रतिकृया दिएका छन् ।

प्रधानमन्त्री निवाश वालुवाटारमा जारी एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका शीर्ष नेताहरुको संयुक्त वैठक सहमती उन्मुख रहेको बैठकमा सहभागी एमाले अध्यक्ष झलनाथ खनालले प्रतिकृया दिनु भएको छ ।

हिजो दिनभरको छलफलपछि मध्यरातमा एक अर्कालाई दोषारोपण गर्दै छुट्टिएका दलहरु आज विहानवाट पुनः संयुक्त छलफलमा जुटेका हुन् । राज्यपुनर्संरचनाका विषयमा केन्द्रित बैठकले केही न केही सहमती जुटाउने नेताहरुले जानकारी दिएका छन् ।

यद्यपी संघीयताका विषयमा कांग्रेस– एमाले र माओवादी–मोर्चा दुई कित्तामा बांडिएपछि सहमति जुट्न कठिनाई भइरहेको छ । माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पहिचान सहितको १० वा १४  प्रदेशको प्रस्तावमा सहमति गर्नुपर्ने बताएका छन् भने कांग्रेस र एमालेले बहुपहिचानको आधारमा थोरै प्रदेश बनाउने अडान कायमै राखेका छन् ।

कांगे्रसको बिहान बसेको बैठकले भने १३ प्रदेशको प्रस्ताव अघि सारेको छ । कांगे्रस सभापती शुसिल कोइराला निवास महाराजगञ्मा बसेको कांगे्रसका बरिष्ठ नेताहरुको बैटकले १३ प्रदेशको नया प्रस्ताव अघी सारेको हो । बैठकपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले आज मध्यरातसम्म संविधान जारी गर्ने दाबी गर्नु भयो । यस्तै केन्द्रिय सदस्य गगन थापाले संविधान जारी गर्ने या नगर्ने माओवादीकोहातमा रहेको बताउनु भयो । 

मिलेका कुरा समेटेर अहिले संविधान जारी गर्ने र नमिलेका कुरा रुपान्तरित संसदले टुंगो लगाउने वारे छलफल चलेपनि दलहरु एक अर्कालाई गलाएर आफ्ना एजेण्डा जसरी भएपनि स्थापीत गर्ने रणनीतिमा रहेकाले सहमतिमा पुग्न सकेका छैनन् । दुवै पक्षले एक अर्कालाई सविधान वनाउन नचाहेको आरोप लगाएका छन् ।

संविधान जारी गर्ने दिनसम्म आइपुग्दा पनि नेताहरु सहमतिको साटो आफ्नै पार्टीको एजेण्डा स्थापित गर्ने कसरतमा लागेकाले जेठ १४ मा संविधान आउने जनअपेक्षा संगै संविधानसभाको भविष्य पनि संकटमा परेको छ । संविधानसभाको म्याद आज मध्यरात १२ वजे सकिंदैछ ।

 

सम्बन्धित समाचारहरु