सांझ ५ बजेबाट राजधानीमा मदिरा बेच्न प्रतिवन्ध
सांझ ५ बजेबाट राजधानीमा मदिरा बेच्न प्रतिवन्ध
Added: 2012 May 27

नरेश फुयाँल,जेष्ठ–१४,काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले आज वेलुकी पाच बजेदेखि मदिरा बिक्री वितरण  गर्न रोक लगाएको छ ।

काठमाण्डौमा ५ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नहु“दासम्म मदिरा विक्री वितरण् नगर्न सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमूख जिल्ला अधिकारी रत्नराज पाण्डेले जानकारी दिनुभयो ।

सार्वजनिक ठाउ“मा होहल्ला हुन सक्ने त्रमा मदिरा बिक्रीमा रोक लगाइएको हो । संविधान जारी हुने अन्तिम दिन आज संविधान सभा भवन आसपास र अरु सार्वजनिक ठाउ“मा भेला प्रदर्शन भैरहेको र राति अबेरसम्म चल्ने अनुमान सहित स्थानीय प्रशासनले यस्तो कदम चालेको हो ।

यसैविच राजनीतिक अन्यौलता संगै उत्पन्न हुनसक्ने तनावलाई मध्यनजर गरि सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ । राजधानीमा १० हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने संविधान सभा बाहिर मात्रै १२ सय ४८ जना सुरक्षाकर्मी खटाइएको छ ।

जातीय राज्यको पक्ष विपक्षमा हुने प्रदर्शनले तनाव उत्पन्न गर्न सक्ने र आपराधिक गतिबिधि बढ्ने आशंकामा सुरÔा व्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौ उपत्यका भित्रिने नाकाहरुदेखि नै सुरÔा निगरानी बढाइएको छ ।

संविधानसभा भवन बानेश्वर क्षेत्रमा बढ्दो प्रदर्शनलाई ध्यानमा राखेर सुरकर्मीको तैनाथी पनि बढाइएको छ । मुलुकको राजनीतिक अबस्था जटिल मोडमा पुगेको भन्दै नेपाली सेनाले पनि हाइ अलर्ट अवस्थामा रहन मातहतका सबै इकाईलाई सर्कुलर जारी गरेको जनाएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी शैलेन्द्र खनालले सशस्त्र प्रहरी अरु बेलाको तुलनामा बढी चनाखो अबस्थामा रहेको भन्दै  जस्तोसुकै संकट आएपनि शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताउनुभयो ।

राष्ट्रपति भवन महाराजगञ्ज, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार र संविधानसभा भवन नयाबानेश्वर वरपर यसअघि घोÈण्ाँ गरिएको निषेधित क्षेत्रलाई विस्तार गरिएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचारहरु