नरेश फुयााल, जेष्ठ–१६,काठमाण्डौ ।
निर्धारित समयमा संविधान नबनाएर संविधानसभा नै बिघटन गरेको भन्दै अनेरास्ववियुका कार्यकर्ताले खोटाङमा ६ सय १ सभाषदको नाममा श्राद्ध गरेर पिण्ड अर्पण गरेका छन् ।
सभाषदहरुले जनताको ईच्छा र आकांक्षामाथि कुठाराघात गरेको भन्दै विद्यार्थीले सदरमकाम दिक्तेलको त्रिबेणीचोकमा श्राद्ध गर्दै सभाषदका नाममा पिण्ड अर्पण गरेका हुन् ।
पण्डितद्वारा वैदिक विधिअनुसार श्राद्ध गरि दिक्तेल मूलधारामा लगेर पिण्ड सेलाएका छन् । पण्डितले सभाषदहरुको नाम उच्चारण गर्दै पिण्ड अर्पण गरेका थिए ।
हिन्दुधर्म अनुसार मृत्यु भएको एक वर्षपछि श्राद्ध गर्ने चलन भएपनि संविधान सभा बचाउन नसक्ने सभाषदहरुको नाममा एक दिनपछि श्राद्ध गरिएको अनेरास्ववियुले जनाएको छ ।