रेल्वेसेवाका महाप्रवन्धक यादवको धनुषामा गोली हानी हत्या
रेल्वेसेवाका महाप्रवन्धक यादवको धनुषामा गोली हानी हत्या
Added: 2012 May 30

जेठ १७,  काठमाडौ । नेपाल रेल्वेसेवाका महाप्रवन्धक सुरेश यादवको गएराती हत्या भएको छ ।

धनुषाको तारापट्टी सिर्सियास्थित आफ्नै घरमा गएराती छिमेकीहरुसँग कुराकानी गरिरहेका बेला हतियारसहित आएका १०/१२ जनाको समूहले अन्धाधुन्द गोली प्रहार गरेपछि यादबको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली लागि ३० बर्षिय श्याम यादव, ३२ बर्षिय राजनकुमार यादव, ५० बर्षिय  सुरेश यादव र ५५ बर्षिय इश्वरीप्रसाद यादव घाईते भएका छन् ।  उनीहरुको जनकपुर अस्पतालमा उपचार भईरहेको छ । श्याम र सुरेन्द्रलाई भने थप उपचारका लागि धरान रेफर गरिएको चिकित्सकहरुले जनाएका छन् ।

स्थानिय हरे शिव यादवसँग पोखरीका विषयमा विवाद भईरहेका कारण हत्यामा उनको संलग्नता हुनसक्ने प्रहरीले अनुमान छ । घटनाको अनुसन्धान र आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ । महाप्रवन्धक यादव केही दिनअघि मात्रै राजधानीवाट जनकपुर जानुभएको थियो ।

सम्बन्धित समाचारहरु