जेठ १७, काठमाडौं ।
डोटीमा जीप दुर्घटना हुंदा ६ जनाको ज्यान गएको छ । २४ जना घाईते भएका छन् ।
डोटी फिरचैन गाविस ३ शान्तिनगरमा आज विहान ना ३ ज ३२६१ नंवरको जीप दुर्घटना हुंदा उक्त हताहती भएको हो । घाईतेहरुलाई उपचारका लागि सदरमुकाम सिलगढी लगिदैं छ ।
दुर्घटनाका कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउन वांकी छ ।