नेपालगंजमा एक ढुवानी सेवा र किया गाडीमा आगलागी
नेपालगंजमा एक ढुवानी सेवा र किया गाडीमा आगलागी
Added: 2012 June 01

जेठ १९, काठमाडौ । बांकेको नेपालगंजमा भेरी ढुवानी सेवामा गएराती आगलागी भएको छ ।

कारकांदो ७ का नारायण अग्रवालको घरमा रहेको ढुवानी सेवामा आगलागी भएको हो । विहान करिव सवा ३ बजेको समयमा अचानक घरबाहिरबाट आगो फैलिएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । आगोले भेट्दा ढुवानी सेवामा वल्डीङ गर्नका लागि राखिएको ग्याास सिलिण्डर समेत विस्फोट भएको थियो । विस्फोटबाट घरमा क्षती पुगेको भएपनि मानविय क्षती भने नभएको प्रहरीको भनाई छ ।

भेरी ढुवानी सेवाले नेपालगंजवाट पहाडी जिल्लाहरुमा सामान ढुवानी गर्दै आएको छ ।

यसैगरी बांकेकै एक अर्को खवरमा नेपालगञ्ज–कोहलपुर सडकखण्ड अन्तरगत कान्तिपुर पब्लिकेशन कार्यालय नजिकै अज्ञात समुहले बा २ ख ५४६४ नम्वरको किया गाडीमाथी आगजनी गरेको छ । विहान करिव साढे तीन बजेतिर भएको आगजनीबाट कियाको पछाडीको भाग जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु