जेठ १९, काठमाडौ । नारायणहिटी दरवार हत्याकाण्ड भएको आज ११ वर्ष पुरा भएको छ ।
२०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बीरेन्द्रको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए ।
घटनापछि तत्कालिन सरकारद्धारा गठीत समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले पत्याएका छैनन् ।
नेपाली जनताले कहिल्यै नविर्सने उक्त त्रासदीपूर्ण घटनापछि मुलुकको राजनितिले नै नया मोड लिएको थियो । तत्पश्चात महत्वाकांक्षी राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।
हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्राहलय बनाइएको छ । घटनाको ११ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन ।