न्यायधिश वमको अन्तष्टि आज, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सर्वोच्च परिसरमा
न्यायधिश वमको अन्तष्टि आज, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सर्वोच्च परिसरमा
Added: 2012 June 01

वसन्त शर्मा जेठ १९, काठमाडौं । शरिर अज्ञात समुहको गोली प्रहारवाट ज्यान गुमाएका सर्वोच्च अदालतका न्यायधिश रणवहादुर वमको आज अन्यष्टि गरिंदैछ ।

अहिले विहान वमप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरि अपरान्ह पशुपति आर्यघाटनमा अन्येष्टि गरिने भएको हो । श्रद्धाञ्जलीका लागि स्वर्गिय वमको पार्थीव शरीरलाई अहिले विहान ११ वजेसम्मका लागि सर्वोच्च अदालत परिशरमा राखिएको छ । न्यायधिश बमको हत्याको शोकमा पर्सि आईतवार मुलुकभरका अदालत वन्द गरिने सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

ललितपुरको शंखमुलमा हिजो बिहान अज्ञात समूहको गोली प्रहारवाट न्यायाधिश बमको  निधन भएको थियो । गोली लागी घाईते भएका बमका अंगरक्षक प्रहरी सहायक निरिक्षक महेश गिरी र बमका साथी राम गिरीको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।

घटनाको छानवीनका लागि प्रहरी मूख्यालयद्धारा एआईजी कुवेरसिंह राणाको संयोजकत्वमा गठीत ५ सदस्यीय टोलीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचारहरु